विद्या भण्डारीबारे ओली- उहाँलाई पार्टीले नै राष्ट्रपति बनायो, आवश्यक परे फर्काउँछौँ « Khabarhub

विद्या भण्डारीबारे ओली- उहाँलाई पार्टीले नै राष्ट्रपति बनायो, आवश्यक परे फर्काउँछौँ


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष ओलीले बाहिर आएको हल्ला जस्तो पार्टीमा कुनै गुट नरहेको बताएका छन् ।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’राष्ट्रिय कार्यशालालाई आइतबार सम्बोधन गर्दै ओलीले पार्टीमा ओली गुट, शंकर गुट, ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट भनेर भइरहेका हल्ला गलत भएको बताए । उनले पार्टीमा कुनै पनि गुट नभएको दाबी गरे।

प्रधानमन्त्रीसमेत रहेका ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेललाई उपाध्यक्ष र महासचिव शंकर पोखरेललाई महासचिव आफैंले बनाएको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पनि राष्ट्रिय कार्यशालामा कार्यकर्तामाझ बोलेका छन् ।

उनले पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किने कुरा अहिलेसम्म नचलेको बताए । यदि भण्डारी एमालेमा फर्किने अवस्था आएमा पार्टीले सम्मानपूर्वक फर्काउने पनि उनले बताएका छन् ।

‘पार्टीमा ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट र शंकर पोखरेल गुट भनेर विभिन्न हल्ला आइरहेका छन् । हामीमाझ कुनै पनि गुट छैनन् । उहाँहरूलाई मैले नै पदाधिकारी बनाएको हो’, उनले भने, ‘पूर्व राष्ट्रपति भण्डारीका विषयमा पनि विभिन्न चर्चा-परिचर्चा सुन्ने गरेको छु।’

ओलीले एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारीलाई पार्टीले नै राष्ट्रपति बनाएको बताए । ‘उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो’, उनले भने, ‘अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ।’

ओलीले अहिलेसम्म पार्टीको भूमिमा फर्किने र फर्काउने विषयमा भण्डारीसँग कुनै रूपमा छलफल नभएको पनि ओलीले दाबी गरे ।

उनले कार्यशालामा उपस्थित ३ सयभन्दा बढी नेता-कार्यकर्तालाई एमाले फुटाउन विभिन्न प्रपञ्च भइरहेकाले सचेत हुन पनि भने । ओलीले एमाले जति हल्ला गर्‍यो, उति एक ढिक्का भएर अगाडि बढ्ने दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ३ : १३ बजे

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका