विद्या भण्डारीबारे ओली- उहाँलाई पार्टीले नै राष्ट्रपति बनायो, आवश्यक परे फर्काउँछौँ « Khabarhub

विद्या भण्डारीबारे ओली- उहाँलाई पार्टीले नै राष्ट्रपति बनायो, आवश्यक परे फर्काउँछौँ


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष ओलीले बाहिर आएको हल्ला जस्तो पार्टीमा कुनै गुट नरहेको बताएका छन् ।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’राष्ट्रिय कार्यशालालाई आइतबार सम्बोधन गर्दै ओलीले पार्टीमा ओली गुट, शंकर गुट, ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट भनेर भइरहेका हल्ला गलत भएको बताए । उनले पार्टीमा कुनै पनि गुट नभएको दाबी गरे।

प्रधानमन्त्रीसमेत रहेका ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेललाई उपाध्यक्ष र महासचिव शंकर पोखरेललाई महासचिव आफैंले बनाएको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पनि राष्ट्रिय कार्यशालामा कार्यकर्तामाझ बोलेका छन् ।

उनले पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किने कुरा अहिलेसम्म नचलेको बताए । यदि भण्डारी एमालेमा फर्किने अवस्था आएमा पार्टीले सम्मानपूर्वक फर्काउने पनि उनले बताएका छन् ।

‘पार्टीमा ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट र शंकर पोखरेल गुट भनेर विभिन्न हल्ला आइरहेका छन् । हामीमाझ कुनै पनि गुट छैनन् । उहाँहरूलाई मैले नै पदाधिकारी बनाएको हो’, उनले भने, ‘पूर्व राष्ट्रपति भण्डारीका विषयमा पनि विभिन्न चर्चा-परिचर्चा सुन्ने गरेको छु।’

ओलीले एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारीलाई पार्टीले नै राष्ट्रपति बनाएको बताए । ‘उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो’, उनले भने, ‘अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ।’

ओलीले अहिलेसम्म पार्टीको भूमिमा फर्किने र फर्काउने विषयमा भण्डारीसँग कुनै रूपमा छलफल नभएको पनि ओलीले दाबी गरे ।

उनले कार्यशालामा उपस्थित ३ सयभन्दा बढी नेता-कार्यकर्तालाई एमाले फुटाउन विभिन्न प्रपञ्च भइरहेकाले सचेत हुन पनि भने । ओलीले एमाले जति हल्ला गर्‍यो, उति एक ढिक्का भएर अगाडि बढ्ने दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ३ : १३ बजे

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता