‘एमालेमा माथिदेखि तलैसम्म एकै विचार र सिद्धान्त नभए अघि बढ्न सकिँदैन’ « Khabarhub

‘एमालेमा माथिदेखि तलैसम्म एकै विचार र सिद्धान्त नभए अघि बढ्न सकिँदैन’

‘चेन अनि कमान्ड बिग्रिए एमाले कमजोर हुन्छ’


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र बुझाइमा एकरूपता नभएको बताएका छन्।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’ राष्ट्रिय कार्यशालालाई आइतबार च्यासलमा सम्बोधन गर्दै पोखरेलले पार्टीको नीति सिद्धान्त र बुझाइमा सबैको एकरूपता चाहिने बताएका हुन् ।

उनले एमालेका केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीमा एकताको भावना हुनुपर्ने बताउँदै सबैलाई पार्टीमा एकताबद्ध गराएर अघि बढ्नुपर्ने पनि उल्ललेख गरे ।

‘जनसेवाको भावनाले ओतपोत हुनेका मान्छेहरूको पार्टी बनाउनुपर्छ । यसो भयो भने अन्य पार्टीलाई परास्त गर्न सजिलो हुन्छ। जनसेवाको भावनाबाट विमुख हुँदा पार्टी नेतृत्वका रूपमा कार्यकर्तालाई विकास गर्न सकिँदैन।’

पार्टी नेतृत्वमा माथिदेखि तलसम्म एउटै विचार र सिद्धान्त नहुने भने पार्टी अगाडि बढ्न नसक्ने भन्दै गतिशील संगठन बनाउन नेतृत्वबीचमा पनि छलफल हुनुपर्ने बताए ।

‘चेन अफ कमान्ड कमजोर भए पार्टी अगाडि बढ्न  सक्दैन। यसमा भर पर्नुपर्छ तर त्यसका कमजोरी सच्याउन पनि लाग्नुपर्छ । माथि होस् या तल चेन अफ कमान्ड दह्रो हुनुपर्छ’, उनले भने, ‘यो चिज बलियो बनाउन सके पार्टी मजबुत भएर जान्छ। पार्टीमा भावनात्मक एकता हुनुपर्छ ।’

उनले नेता-कार्यकर्ताले संगठन र विचारमा स्वामित्व खोज्ने भन्दै यसका लागि व्यापक छलफल र विमर्श गरेर स्वामित्व बोध हुने गरी काम अगाडि बढाउनु जरुरी रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ३ : ४९ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)