‘रविसँग नराम्रो व्यवहार गरिएको छैन, प्रतिशोध पनि साँधिएको छैन’ « Khabarhub

‘रविसँग नराम्रो व्यवहार गरिएको छैन, प्रतिशोध पनि साँधिएको छैन’


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

चितवन- गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानका क्रममा कुनै अमानवीय व्यवहार नभएको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले पूर्वउपप्रधामनमन्त्रीसमेत रहेका लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको दाबी गरे ।

उनले सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेर ३ गतेदेखि लामिछानेमाथि भइरहेको बताउँदै त्यसक्रममा कुनै अमानवीय व्यवहार नभएको जिकिर गरेका हुन् ।

उनले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी प्रकरणमा राज्यका निकायले अनुसन्धान गरिरहेको बताए ।

कानुनअनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्ने काम मात्रै भएको लेखकले उल्लेख गरेका छन् ।

लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धि तर्फ अघि बढाउन ठूला दलहरू एकभएर सरकार बनाउनुपरेको बताए ।

सरकारको स्थायित्व कमजोर भएकाले देश झन्-झन् समस्यामा परेपछि स्थिरतातर्फ लैजाने एमाले–कांग्रेसको ध्येय रहेको  पनि उनले बताएका छन् ।

गृहमन्त्री लेखकले अहिलेको व्यवस्थालाई थप बलियो र सुदृढ बनाउन संविधान संशोधनको तयारी भइरहेको बताउँदै त्यसका लागि सबै दलसँग छलफल गरिने स्पष्ट पारेका छन् ।

उनले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै २०८४ सालसम्म दुईदलीय सहमतिअनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ५ : ०३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र