स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बोदेबरसाइन– बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटना हुनेमा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद कोराइस अलिको अस्पताल जाने क्रममा मृत्यु भएको हो ।

सुभनपट्टीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको विआर ०७ बिएबी ८१७२ नं भारतीय स्कारपिओले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद कोराइस अलिको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ । अलिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल चालक सोही खडक नगरपालिका ११ का अन्दाजी वर्ष २४ का मो. सदाम गम्भीर घाइते भएका छन् ।

उनको स्थानीय जीवनज्वति अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको तथा ठक्कर दिने स्कारपिओ इलाका प्रहरी कार्यालय बोदेबर्साइनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

स्कारपिओका चालक फरार रहेको प्रहरीले बताए । साथै दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ५ : १० बजे

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको