अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ जना फसे  « Khabarhub

अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ जना फसे 


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी मजदुर फसेको एक प्रादेशिक अधिकारीले आइतबार बताएका छन् । उनले अधिकारीहरूले घण्टौँदेखि फसेकाहरूलाई उद्धार गर्न प्रयास गरिरहेको जानकारी दिए ।

समङ्गन प्रान्तको दारा–ए सोफ पाइन जिल्लाको खानी शनिबार राति भत्किएको समङ्गनका गभर्नरका प्रवक्ता इस्मत मुरादीले जानकारी दिए ।

‘बत्तीस जना फसेका छन् र तीमध्ये कति जना मरेका छन् वा जीवित छन् भन्ने स्पष्ट छैन’, उनले भने, ‘उत्खननकर्ता र उद्धारकर्ताहरूले बिहानदेखि काम गरिरहेका छन् तर दुर्भाग्यवश खानीको ढोका अझै खोल्न सकिएको छैन ।’

अफगानिस्तानको खानी उद्योगको निगरानी कमजोर छ र घातक दुर्घटनाहरू सामान्य छन् ।

कोइलासँगै अफगानिस्तानमा सङ्गमर्मर, खनिज, सुन र रत्नको उत्खनन गरिन्छ तर मजदुरहरू प्रायः उचित उपकरण वा सुरक्षा गियर बिना प्राथमिक खाडलहरूमा काम गर्छन् ।

सन् २०२२ फेब्रुअरीमा उत्तरी प्रान्त बघलानमा कोइला खानी भत्किँदा भूमिगत फसेका कम्तीमा १० खानी मजदुरको मृत्यु भएको थियो ।
सन् २०२० जुनमा समङ्गनको एउटा खानीमा ग्याँस विस्फोट हुँदा गुफामा पसेका सात खानी मजदुरको मृत्यु भएको थियो ।

एक वर्षअघि बदाखसान प्रान्तमा सुनको खानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । त्यहाँ गत वर्ष जनवरीमा अर्को सुन खानी भत्किएको थियो । उक्त दुर्घटनामा मृत्यु अज्ञात छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ६ : ४७ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)