‘कार्साङ’को भूमिकाबारे जितु भन्छन्- हँसाउने तर गम्भीर चरित्र « Khabarhub

‘कार्साङ’को भूमिकाबारे जितु भन्छन्- हँसाउने तर गम्भीर चरित्र


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुस २६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’मा जितु नेपालमा जितु प्रमुख एक भूमिकामा छन् । निर्माण पक्षले सार्वजनिक गरेको पोस्टर र टिजरबाट जितुको चरित्रले प्रशंसा पाएको छ ।

टिजरअनुसार यसपटक जितुले भिन्न भूमिका निर्वाह गरेको थाहा पाउन सकिन्छ । विगतमा कमेडीमा देखिने उनी यस पटक पनि गम्भीर भूमिका देखिने टिजरबाट प्रष्ट हुन्छ । जितुले दलित समुदायको चरित्र निर्वाह गरेको बुझिएको छ ।

फिल्ममा दिया मास्के विवाहित जोडीको रुपमा छन् । जितु र दियाले बाँझोपनको समस्या भोगेको र एक अर्कालाई दोष दिइरहेको टिजरले खुलाउँछ ।

जितु ‘कार्साङ’मा आफूले विगतको भन्दा भिन्न चरित्र निर्वाह गरेको बताउँछन् । उनी भन्छन्, ‘मेरो चरित्रले दर्शकलाई हसाउँछ । तर, गम्भीरखालकै भूमिका छ ।’

पछिल्लो फिल्म ‘ज्वाइँ साब’का केन्द्रीय भूमिकामा देखिएका जितु ‘कार्साङ’ सहायक भूमिकामा रहेको बताइएको छ ।

केहीअगाडि निर्माण पक्षले जितुको चरित्र खुल्ने पोस्टर लगातर सार्वजनिक गरेकाले उनी नै फिल्मको केन्द्रीय भूमिकामा रहेको अड्कलबाजी सुरु भएको थियो ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको यस फिल्ममा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यस फिल्ममा यम शेर्पाको डेब्यू लेखन तथा निर्देशन छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका निर्मात र छायाँकार पुरुषोत्तम प्रधान स्वयम् हुन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ०६ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।