झलनाथ भन्छन् : बुढो हुन्जेलसम्म पार्टीका पद ओगटिरहने प्रवृत्ति बढ्यो « Khabarhub

झलनाथ भन्छन् : बुढो हुन्जेलसम्म पार्टीका पद ओगटिरहने प्रवृत्ति बढ्यो


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिले पार्टीभित्र तलका कमिटीहरूमा नबस्ने, माथिल्लो कमिटीमा मात्रै ओगट्ने र आफूले भनेको पद नपाए पार्टी छोडिदिने प्रवृत्ति बढेको बताएका छन् ।

आइतबार जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता खनालले पेश गरेको प्रतिवेदनमा पार्टीभित्र गलत प्रवृत्ति देखा परिरहेको बताएका हुन् ।

अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै उनले पदमा पुगेपछि दुरुपयोग गर्ने, कमिशन र भ्रष्टाचारतिर लाग्ने, पद पाएपछि त्यसैमा टाँसिइरहने समस्या देखिएको पनि उनले बताए ।

‘काम गर्ने क्षमता गुमे पनि, बुढो भइसके पनि पदमा टाँसिइरहने प्रवृत्ति पार्टीमा देखिएको छ’, उनले भने । केही महिनाअघि भएको १०औँ महाधिवेशनबाट अध्यक्ष हुन चाहेका खनाललाई नेपालले रोकेका थिए। नेपाल नै अध्यक्ष भएपछि सम्मानित नेतामा दोहोरिएका खनाल अहिले पनि असन्तुष्ट छन् ।

पार्टी नेताहरूले पदको गरिमाअनुसार काम गर्न नसकेको, पार्टीलाई सहयोग नगरेको तर पार्टीले सहयोग गरोस् भन्ने चाहना पालेको टिप्पणी पनि खनाले गरे ।

‘कार्यकर्ताका कुरा नसुन्ने, आफूलाई जे लाग्छ त्यहीअनुरुप गर्न खोज्ने, पदका निम्ति कमिटीलाई बलिदान गर्न पनि तयार हुने समस्या देखियो’, उनले भने, ‘पार्टी र कमिटीलाई निजी हित र स्वार्थमा प्रयोग गर्ने, नेताहरूबीच चाप्लुसी र चुक्ली लगाउने, नीतिकोभन्दा नेताको पछि लाग्ने, अरुका विचार नसुन्ने, आफ्ना विचार अरु माथि लाद्न खोज्ने गलत कार्यशैली समाजवादीमा देखिएका छन् ।’

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ३१ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२