झलनाथ भन्छन् : बुढो हुन्जेलसम्म पार्टीका पद ओगटिरहने प्रवृत्ति बढ्यो « Khabarhub

झलनाथ भन्छन् : बुढो हुन्जेलसम्म पार्टीका पद ओगटिरहने प्रवृत्ति बढ्यो


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिले पार्टीभित्र तलका कमिटीहरूमा नबस्ने, माथिल्लो कमिटीमा मात्रै ओगट्ने र आफूले भनेको पद नपाए पार्टी छोडिदिने प्रवृत्ति बढेको बताएका छन् ।

आइतबार जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता खनालले पेश गरेको प्रतिवेदनमा पार्टीभित्र गलत प्रवृत्ति देखा परिरहेको बताएका हुन् ।

अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै उनले पदमा पुगेपछि दुरुपयोग गर्ने, कमिशन र भ्रष्टाचारतिर लाग्ने, पद पाएपछि त्यसैमा टाँसिइरहने समस्या देखिएको पनि उनले बताए ।

‘काम गर्ने क्षमता गुमे पनि, बुढो भइसके पनि पदमा टाँसिइरहने प्रवृत्ति पार्टीमा देखिएको छ’, उनले भने । केही महिनाअघि भएको १०औँ महाधिवेशनबाट अध्यक्ष हुन चाहेका खनाललाई नेपालले रोकेका थिए। नेपाल नै अध्यक्ष भएपछि सम्मानित नेतामा दोहोरिएका खनाल अहिले पनि असन्तुष्ट छन् ।

पार्टी नेताहरूले पदको गरिमाअनुसार काम गर्न नसकेको, पार्टीलाई सहयोग नगरेको तर पार्टीले सहयोग गरोस् भन्ने चाहना पालेको टिप्पणी पनि खनाले गरे ।

‘कार्यकर्ताका कुरा नसुन्ने, आफूलाई जे लाग्छ त्यहीअनुरुप गर्न खोज्ने, पदका निम्ति कमिटीलाई बलिदान गर्न पनि तयार हुने समस्या देखियो’, उनले भने, ‘पार्टी र कमिटीलाई निजी हित र स्वार्थमा प्रयोग गर्ने, नेताहरूबीच चाप्लुसी र चुक्ली लगाउने, नीतिकोभन्दा नेताको पछि लाग्ने, अरुका विचार नसुन्ने, आफ्ना विचार अरु माथि लाद्न खोज्ने गलत कार्यशैली समाजवादीमा देखिएका छन् ।’

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ३१ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन