मनाइयो योमरी पूर्णिमा (योमरी पुन्हि) | Khabarhub Khabarhub

मनाइयो योमरी पूर्णिमा (योमरी पुन्हि)


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस दिनलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त भएका थिए । नुहाइधुवाइ, घरमा लीपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवान्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् प्रकाशमान श्रेष्ठ ‘सक्व’ बताउँछन् । योमरीमा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ९ : ०५ बजे

भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु

नयाँ दिल्ली – भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा अज्ञात आक्रमणकारीहरूले

कोशी टप्पुको संवर्द्धन र प्रवर्द्धन सबै सक्रिय हुन आवश्यकः पूर्वमन्त्री कार्की

सुनसरी । पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु

नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा

एनआरवाइसीले जित्यो बिडिसिए इलाइट कपको उपाधि

बैतडी – बैतडीमा सम्पन्न २१औँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए इलाइट

एक वर्षदेखि अर्थ मन्त्रालयको दरामै थन्कियो नेप्से बेच्ने फायल ! 

काठमाडौं- लामो समयपछि नेपाल धितोपत्र बोर्डको अध्यक्षका रूपमा सन्तोषनारायण श्रेष्ठ