प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार « Khabarhub

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेता मानेर जान तयार भएका छन् ।

रास्वपाका एक नेताले बताएअनुसार बालेनले रविलाई तत्कालका लागि नेता मानेर जान तयार भएका हुन् ।

तर त्यसका लागि फागुन २१ गतेको निर्वाचनमा बहुमत आएपछि आफूलाई प्रधानमन्त्री पद बनाउनुपर्ने अडान बालेनले राखेका छन् । बालेनको उक्त सर्तमा रवि पनि सकारात्मक रहेपछि दोस्रो तहका नेताहरू सहमतिका बुँदा तयार गर्न लागेका हुन् ।

वार्तामा संलग्न दुवै पक्षका नेताहरूका अनुसार सहमतिका लागि अहिले सम्भावित बुँदा तयार गर्ने काम भइरहेको छ। सहमतिा लागि कोसिस जारी रहे पनि तत्कालै हस्ताक्षर हुने नहुने टुंगो भइसकेको छैन।

दुवै पक्षका टोलीले अहिले कसरी र कस्तो सहकार्यमा अगाडि बढ्नेबारे छलफल गरिरहेका छन् । सहमतिका बुँदा तयार गरिरहेका उनीहरूले केही बेरअघि रविसँग छलफल गरिरहेका छन् । उता बालेन पनि आफ्ना सहयोगीलाई गृह कार्यमा लगाएर नगरसभामा व्यस्त छन् ।

सहमतिको बुँदा तयार गर्ने गृहकार्यमा रास्वपाबाट शिशिर खनालले नेतृत्व गरिरहेका छन् । बालेनको तर्फबाट बिहीबार दिनभर संवादको मुकाम बनेको ज्वागल निवासी कुमार व्यञ्जनकार लागिरहेका छन् । वार्तामा सहजीकरण अशिम शाहले पनि गरिरहेका छन् । रास्वपाका पूर्वसांसद उनी रवि र बालेन दुवैतिर निकट छन् ।

‘अहिलेका लागि रविलाई नै सभापति मानेर जान बालेन तयार हुनुहुन्छ। त्यसपछाडिको दोस्रो दर्जमा उहाँ रहनुहुन्छ’, रास्वपाका एक नेताले भने, ‘अहिले कुलमानजीसँग पनि कुरा भइरहेको छ । सहमतिको दिशातिर कुरा अघि बढेको छ । कस्तो र कुन खालको सहमति भन्ने अहिले नै टुंगो भइसकेको छैन ।’

बालेनलाई रास्वपाको सदस्य मात्रै बनाउने या नेताकै रुपमा लैजानेबारे रवि आन्तरिक छलफलमा छन् । यसअघि रविले बालेनलाई प्रधानमन्त्रीका रुपमा स्वीकार्न चाहेका थिएनन् ।

यस्तोमा पार्टी सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्रीको दावेदार बनाएर अगाडि बढ्न समस्या हुने रविको बुझाइ थियो । तर अब बालेन रास्वपामा प्रवेश गरेर नेता बन्न तयार भएपछि रविले पनि उनलाई प्रधानमन्त्रीका रुपमा स्वीकार्न तयार भएका हुन् ।

नेताहरूका अनुसार मिलेर जाने हो भने बालेनले चुनाव चिह्न लौरो लिएर जाने प्रस्ताव गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमै समाहित भएर राजनीति अगाडि बढाउन उनी सकारात्मक देखिएपछि दुई पक्षबीच सहमति र सहकार्यको सम्भावना बढेको हो ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : १६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन