एनआरवाइसीले जित्यो बिडिसिए इलाइट कपको उपाधि | Khabarhub Khabarhub

एनआरवाइसीले जित्यो बिडिसिए इलाइट कपको उपाधि


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा सम्पन्न २१औँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणशैनी युवा क्लब (एनआरवाइसी)ले हात पारेको छ ।

आज सम्पन्न फाइनल खेलमा पञ्चकोटी युवा क्लबमाथि एक सय ९९ रनले हराउँदै एनआरवाइसीले उपाधि हात पा¥यो । उपाधिसँगै एनआरवाइसीले रु एक लाख पुरस्कार पायो भने पञ्चकोटीले रु ५० हजारमा चित्त बुझायो ।

दशरथचन्द खेलमैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८६ रन बनायो । जसमा सुरज बोहराले शतकीय पारि खेले । ‘म्यान अफ दी फाइनल’ समेत सुरजले अविजित एक सय ६९ रन बनाए ।

यस्तै, सचिन भट्टले ४६ रनको योगदान गरे । पञ्चकोटीका गोविन्द थापा, सुमित बुडाल र सुरज बुडालले तीन÷तीन विकेट लिए । जवाफी ब्याटिङ गरेको पञ्चकोटी १९।२ ओभरमा ८७ रनमा समेटियो । उसका जीवन कार्कीले सर्वाधिक ३४ रन हिर्काए । एनआरवाइसीका मदन चन्दले पाँच, राम चन्द र सचिन भट्टले दुई÷दुई झारे ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २० गतेदेखि सुरु भएको यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोटका रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।

गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कपको उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई एक विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ९ : ४८ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो