एनआरवाइसीले जित्यो बिडिसिए इलाइट कपको उपाधि « Khabarhub

एनआरवाइसीले जित्यो बिडिसिए इलाइट कपको उपाधि


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा सम्पन्न २१औँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणशैनी युवा क्लब (एनआरवाइसी)ले हात पारेको छ ।

आज सम्पन्न फाइनल खेलमा पञ्चकोटी युवा क्लबमाथि एक सय ९९ रनले हराउँदै एनआरवाइसीले उपाधि हात पा¥यो । उपाधिसँगै एनआरवाइसीले रु एक लाख पुरस्कार पायो भने पञ्चकोटीले रु ५० हजारमा चित्त बुझायो ।

दशरथचन्द खेलमैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८६ रन बनायो । जसमा सुरज बोहराले शतकीय पारि खेले । ‘म्यान अफ दी फाइनल’ समेत सुरजले अविजित एक सय ६९ रन बनाए ।

यस्तै, सचिन भट्टले ४६ रनको योगदान गरे । पञ्चकोटीका गोविन्द थापा, सुमित बुडाल र सुरज बुडालले तीन÷तीन विकेट लिए । जवाफी ब्याटिङ गरेको पञ्चकोटी १९।२ ओभरमा ८७ रनमा समेटियो । उसका जीवन कार्कीले सर्वाधिक ३४ रन हिर्काए । एनआरवाइसीका मदन चन्दले पाँच, राम चन्द र सचिन भट्टले दुई÷दुई झारे ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २० गतेदेखि सुरु भएको यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोटका रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।

गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कपको उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई एक विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ९ : ४८ बजे

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।