उपनिर्वाचन : जसपा नेपालबाट दुई जना तेस्रोलिङ्गी उम्मेदवार « Khabarhub

उपनिर्वाचन : जसपा नेपालबाट दुई जना तेस्रोलिङ्गी उम्मेदवार


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको उपनिर्वाचनमा दुईजना तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने भएको छ ।

सो पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुखमा हनि महर्जन र वडा नम्बर ४ को वडाध्यक्ष पदमा मौनी महर्जनलाई उम्मेनवार बनाउने निर्णय गरेको हो । यी दुबै प्रस्तावित उम्मेदवार तेस्रो लिङ्गी हुन्‌ ।

यी उम्मेदवारलाई जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र प्रदान गरेको छ । हनि महर्जन तेस्रो लिङ्गी एवम्‌ कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हुन्‌ । मौनी महर्जन पनि सोही संस्थाका स्वयम्‌सेवक हुन्‌ ।

हनी स्थानीय टुरिस्ट गाइड पनि हुन्‌ । मौनी तेस्रो लिङ्गी मोडलको रूपमा परिचित छन्‌ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : ०५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह