निक्षेप ब्याजदर निरन्तर घट्दो, कुन बैंकले दिन्छ धेरै ब्याज ? | Khabarhub Khabarhub

निक्षेप ब्याजदर निरन्तर घट्दो, कुन बैंकले दिन्छ धेरै ब्याज ?


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंकिङ बचततर्फको ब्याजदरमा निरन्तर गिरावट आएको छ । कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गर्दै अधिकांश वाणिज्य बैंकहरूले असोज महिनाको तुलनामा मुद्दतीतर्फको ब्याजदर थप केही घटाएका छन् ।

कात्तिक १ गतेबाट लागू हुने ब्याजदरअनुसार व्यक्तिगत मुद्दतीतर्फ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले ७ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै, वाणिज्य बैंक समूहकै कृषि विकास बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले सबैभन्दा थोरै ५.७५ प्रतिशत ब्याजदर दिनेछन् ।

विकास बैंकतर्फ कातिक महिनाका लागि ३ वटा बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा केही कटौती गरेका छन् भने अधिकांश विकास बैंकहरूले ब्याजदर स्थिर राखेका छन् ।

तर, सांग्रिला विकास बैंकले भने असोज महिनाको तुलनामा कात्तिक महिनाको लागि ब्याजदर वृद्धि गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : १० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’