खाद्य असुरक्षामा छन्‌ १३ प्रतिशत नागरिक र ४२ जिल्ला « Khabarhub

सन्दर्भ : विश्व खाद्य दिवस

खाद्य असुरक्षामा छन्‌ १३ प्रतिशत नागरिक र ४२ जिल्ला


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज अक्टोबर १६ अर्थात् विश्व खाद्य दिवस ! ‘राम्रो जीवन र राम्रो भविष्यका लागि खान पाउने सबैको अधिकार’ भन्ने नारासहित आज (बुधबार) ४४औं विश्व खाद्य दिवस मनाइँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व खाद्य दिवसे अवसरमा शुभकामना दिँदै कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य अङ्ग भएको बताएका छन् । उनले मुलुकको ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने, तर गरिबी र भोकमरीबाट तिनै नागरिक पीडित हुने दुःखद अवस्था रहेको उल्लेख गरेका छन् ।

नेपालमा हाल ६२ प्रतिशत परिवार कृषिमा संलग्न छन् । तर पनि नेपालले खाद्यान्न आयात गरिरहेको छ । प्रधानमन्त्री ओलीका अनुसार, नेपालका १३ प्रतिशत जनसङ्ख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा छन्‌ ।

कृषिको उब्जनी बढाएर खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले जोड दिएको छ । नेपालले भूमिको समुचित प्रयोग गर्दै कृषिको व्यवसायीकरण, आधुनिक तथा उच्च प्रविधिको प्रयोग गर्दै उत्पादनको वृद्धि गर्ने लक्ष्य लिएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण, चौथो (२०७९/८०) अनुसार नेपालमा कुल जनसङ्ख्याको २०.३ प्रतिशत गरिबीको रेखामुनि छन् । जसमध्ये शहरी क्षेत्रमा १८.३ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.७ प्रतिशत रहेका छन् । प्रदेशगत हेर्दा सातमध्ये मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरिबीको दर राष्ट्रिय गरिबीको दरभन्दा बढी देखिएको छ ।

कृषिप्रधान मुलुक नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसहरू कृषिमा निर्भर छन् । भोकमरीको तीव्र समस्या नभए पनि कर्णाली क्षेत्र लगायत हिमाली जिल्लाहरूमा भने वर्षमा ६ महिना चर्को खाद्यसङ्कट हुने गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार, संसारभर वर्षेनी एक करोड मानिस भोकमरीको चपेटामा पर्ने गरेका छन् । त्यस्तै, संसारका झण्डै ९० करोड मानिस भोकमरी चुनौती सामना गरिरहेका छन् ।

सन् २०२१ मा प्रकाशित प्रतिवेदनअनुसार नेपालका १७.४ प्रतिशत नागरिकले बहुआयामिक गरिबी झेलिरहेका छन् । यस्तो प्रकृतिको गरिबी कर्णाली प्रदेशमा ३९.५ प्रतिशत छ । सबैभन्दा कम बागमती प्रदेशमा सात प्रतिशत छ ।

सन् १९७१ मा संयुक्त राष्ट्र संघको २० औँ साधारण सभाले दिवस मनाउने प्रस्ताव पारित गरेपछि १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने ‘खाद्य स्वच्छता दिवस’ का नाममा यो दिवस मनाउने गरेको छ ।

यो पनि-

नेपालमा खाद्य असुरक्षा र कुपोषण बढ्यो

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ५ : १८ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा