पीएम कप पुरुष क्रिकेट : कर्णाली र सुदूरपश्चिम, कोशी र पुलिस तथा बागमती र मधेश भिड्ने « Khabarhub

पीएम कप पुरुष क्रिकेट : कर्णाली र सुदूरपश्चिम, कोशी र पुलिस तथा बागमती र मधेश भिड्ने


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । जस अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।

कर्णाली र सुदूरपश्चिम दुवैले आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा कर्णालीले गण्डकी र सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई हराएका थिए ।

यस्तै आज कोशी प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।

यसैगरी आज बागमती प्रदेश र मधेश प्रदेशबीच पनि खेल हुँदैछ । खेल सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । बागमतीले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेश दुईमध्ये एकमा जित र एकमा पराजित भएको छ ।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।

यस्तै, त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् ।

दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : ३६ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका