मेसी बने सन् २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडी « Khabarhub

मेसी बने सन् २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडी


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ३६ वर्षीय अर्जेन्टिनी खेलाडी लियोनल मेसीले वर्ष २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

गएराति लण्डनमा भएको छनोटमा मेसीले केलियन एम्बाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेसीको यो तेस्रो अवार्ड हो ।

यसअघि सन् २०१९ र २०२२ मा पनि  उनले फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए । मेस्सीले गत जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नु अघि पेरिस सेन्ट जर्मेनबाट सन् २०२३ सुरु गरेका थिए ।

यसैगरी, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला उत्कृष्ट पुरुष प्रशिक्षक भएका छन् भने म्यानचेष्टर सिटीकै गोलकिपर इडर्सन उत्कृष्ट गोलकिपर घोषित भए । रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै उनले गोलकिपरको अवार्ड जितेका हुन् ।

यसैगरी फिफाको वर्षको उत्कृष्ट टोलीमा सिटीका ६ खेलाडीले स्थान बनाएका छन् । स्ट्राइकर हाल्यान्डसँगै केभिन डे ब्रुयना, बर्नान्डो सिल्भा, रुवेन डिआज, केली वाल्कर र जोन स्टोनस छन् ।

सिटीले २०२२-२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : ५४ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्