जोखिम न्यूनीकरणमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

जोखिम न्यूनीकरणमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्पादनशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिएका छन् ।

भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले आज भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उनले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताए ।

संविधानले विपद् व्यवस्थापनलाई मुलतः स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताए ।

‘सङ्घीय सरकार पालिकालाई सामर्थ्यवान् बनाउन मिलेर काम गर्न तयार छ’, उनले भने, ‘सङ्घीय सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई औजार तथा उपकरण उपलब्ध गराउँदै आएको छ ।’

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वंसेवकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए । उनले काठमाडौँ महानगरले स्वयंसेवीको परिचालन र तालिममा पहल गरेकामा खुसी व्यक्त गरे ।

जाजरकोट भूकम्पलगत्तै काठमाडौँ महानगरपालिकाले पुर्याएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले साधन र स्रोतका हिसाबले अग्रणी कामपाको यस्ता कार्यले आगामी दिनमा निरन्तरता पाओस् भन्ने शुभेच्छा प्रकट गरे । राजधानी रहेको महानगर पनि भएकाले काठमाडौँ महानगरको कदम अन्य पालिकाका लागि अनुकरणीय हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ११ : ०८ बजे

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन, एक जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल

अर्थमन्त्रीले भने- सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेको छु

काठमाडौं- नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको

टिकट काउन्टर नहटाउन महानगरलाई यातायात मजदुर संगठनको आग्रह 

काठमाडौं– काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाडौं महानगरलाई

मन्त्रिपरिषद्को सन्तुलन : ओली र देउवाका गृह प्रदेशको वर्चस्व

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको नयाँ सरकारको

चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण : शेख हसिना

ढाका– बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो हालैको चीन भ्रमणलाई ‘बङ्लादेशको