हतुवागढीको माइबेनी ओझेलमा « Khabarhub

हतुवागढीको माइबेनी ओझेलमा


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।

समुद्री सतहबाट एक सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी– ९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय ७० वर्षीय अशोक राईले बताए ।

यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।

‘यो पूर्वको एक प्रसिद्ध धार्मिकस्थल हो’, उनले भने, ‘यसको निकै ठूलो धार्मिक महत्व छ । यहाँ दर्शन गर्नका लागि देशका विभिन्न ठाउँबाट आउने गर्दथे । तर पछिल्लो समय यो स्थान ओझेलमा परेको छ ।’ खासगरी मानिस माइबेनीको दर्शनसँगै नदी पूजा गर्नका लागि यहाँ आउने गरेको राईले बताए ।

माइबेनीको विकास तथा संरक्षणका लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ । यहाँ पुग्नका लागि कोप्चेबाट अप्ठ्यारो ठाउँमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै घेराबारा गरिएको छ ।

माइबेनी क्षेत्रको बृहत्तररूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ ।

माइबेनीबाट किरातको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको सङ्गमस्थल त्रिवेनी तथा बराहक्षेत्र नजिकै पर्ने भएकाले यसको बृहत्तर विकासमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ ।

यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने योजना छ । हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकाले यहाँसम्म पुग्न सहज भए पनि वर्षातको समयमा भने आवतजावतमा समस्या छ ।

यसको नजिकै दूधकोशीपारि उदयपुरको वेलका नगरपालिका–७ र अरुण नदीपारि धनकुटाको सहिदभूमि– १  पर्छ । यो तीन जिल्लाको सङ्गमस्थलका रुपमा रहेको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ११ : ३८ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको