सुदूरपश्चिमका तीन खेलाडीको अर्धशतमा कर्णालीलाई २७८ को लक्ष्य | Khabarhub Khabarhub

सुदूरपश्चिमका तीन खेलाडीको अर्धशतमा कर्णालीलाई २७८ को लक्ष्य


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – तीन खेलाडीले अर्धशतक हानेको खेलमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ७८ रनको बलियो लक्ष्य दिएको छ ।

सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनायो ।

सुदूरपश्चिमका ओपनर खडक बोहराले ८० र अर्का ओपनर टेक रावतले ५९ रन जोडे । किरण ठगुन्ना ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा रन आउट भए ।

कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १-१ विकेट लिए । २ सय ७८ रनको लक्ष्यसहित कर्णाली प्रदेश जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : ३२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले