स्वास्थ्य बीमामा नागरिकको आकर्षण  « Khabarhub

स्वास्थ्य बीमामा नागरिकको आकर्षण 


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोटबागुलुङमा विसं २०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक-दुई परिवार बीमामा आबद्ध भए पनि अरूले भने बेवास्ता गरेका थिए ।  

जिल्लामा स्वास्थ्य बीमा सुरु भएको सात वर्ष बितिसक्दा भने यसमा आबद्ध नागरिकको सङ्ख्या क्रमशः उकालो लागेको छ । घरघरमा पुगेर स्वास्थ्य बीमामा आबद्ध हुन नमानेका नागरिकले अहिले बीमा गर्न आफैँ बोलाउन थालेका छन् ।

जिल्लामा पछिल्लो समय स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्दै गएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७२-७३ मा स्वास्थ्य बीमा सुरु गर्दा एक हजार ६ सय ८१ मात्रै आबद्ध भएका थिए तर पछिल्लो सात वर्षमा एक लाख नौ हजार पाँच सय ८१ जना आबद्ध भइसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले जानकारी दिए । 

स्वास्थ्य बीमा गर्नेमध्ये ५७ हजार नौ सय ९५ महिला र ५१ हजार पाँच सय ८६ पुरुष छन् । उनका अनुसार सबैभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध हुने बागलुङ नगरपालिकाका नागरिक छन् । नयाँ स्वास्थ्य बीमाका सदस्य थपिँदै जाने र केही नवीकरण नगर्ने नागरिकको सङ्ख्या घट्दै गए पनि स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै गएको तथ्यांकले देखाएको छ । 

आबद्ध भएका बिरामीले एकपटक रिफर लगेमा पुन दोहोर्‍याउन नपर्ने भएकाले बिरामीलाई सहज हुने उनले बताएका छन् । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने हेतुका साथ ल्याएको यस कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधोपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

कमै मात्रमा उपचारका लागि धवलागिरि अस्पतालमा आउने बिरामीको सङ्ख्या यो कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्या तेब्बरले वृद्धि भएको छ । अहिले यस अस्पतालमा सिटिस्क्यान उपकरणसमेत भित्रिएपछि बिरामीलाई राहत भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले बताए । 

अस्पतालमा थपिएको सेवाका कारण नागरिक स्वास्थ्य बीमामा थप आकर्षित भएका छन् । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य सात सयका दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा एक लाखसम्म उपचार खर्च निःशुल्क हुने स्वास्थ्य बीमाको नीतिमा उल्लेख छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : ४४ बजे

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन