माघको दोश्रो साता उदयपुर महोत्सव आयोजना हुने « Khabarhub

माघको दोश्रो साता उदयपुर महोत्सव आयोजना हुने


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक गतिविधिलाई थप चलायमानका लागि माघको दोश्रो साता उदयपुरमा उदयपुर महोत्सव आयोजना हुने भएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले मंगलबार उदयपुरमा पत्रकार सम्मेलन गर्दै माघ ११ गते बाट माघ २१ गते सम्म त्रियुगा नदी किनारमा महोत्सव संचालन हुने आयोजकले जनाएको हो ।

आर्थिक गतिविधिलाई थप चलायमान बनाउनुका साथै स्थानीय व्यवसायको प्रवर्द्धन र समग्र प्रतिस्पर्धात्मक व्यावसायिक वातावरणमा नेपाली उत्पादनहरूलाई पुनरुत्थान गर्न सहयोग गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणी कार्कीले जानकारी दिए  ।

उनले एक्स्पो, महोत्सव, व्यापार मेला, प्रदर्शनी र चाडपर्वहरू नेपाली व्यवसायलाई अभिवृद्धि र प्रवर्द्धन गर्ने सबैभन्दा लोकप्रिय र प्रभावकारी उपकरण भएको समेत बताए ।

कोभिड–१९ पछि प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग गर्नुपर्ने आवश्यकतालाई महसुस गरी ‘कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र व्यापार, उदयपुरको पहिचान र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  २ : ३१ बजे

तीज : पशुपतिनाथमा महिला दर्शनार्थीको घुइँचो

काठमाडौं- तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती