रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु « Khabarhub

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ ।

रुस-युक्रेन युद्धमा लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको स्रोतले खबरहबलाई बताएको छ । 

 स्रोतका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर परिवारलाई प्राप्त भइसकेको छ।

यसअघि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ ।

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा पनि नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । यसले गर्दा रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  २ : ३१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का