विपद् पूर्वतयारीमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

विपद् पूर्वतयारीमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पाण्डे


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वालिङ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताएका छन् । 

२६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज स्याङ्जाको वालिङमा भएको उद्धार विपद् तथा नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै  उनले प्रदेशका विभिन्न ठाउँमा भएका विपदका समयमा गण्डकी प्रदेश सरकार तत्कालै विपद प्रतिकार्यमा जुटेको जानकारी दिए । 

गण्डकी प्रदेशभित्रका स्थानीय तहलाई पनि विपद् व्यवस्थापनका लागि न्यूनतम रु दश लाख विनियोजन गर्न निर्देशन दिइएको उनले बताए। उनले गण्डकी प्रदेश सरकारले विपदपछि आइपर्ने उद्धारकार्यका लागि तालिम, प्रशिक्षण, उपकरण खरिदमा सहयोग र सुरक्षाकर्मीको मनोबल बढाउने कार्य गर्दै आएको जानकारी दिए ।

काल्पनिक तर समाजले भोग्दै आएका घटनालाई नमुनाको रुपमा प्रस्तुत गरिएको उक्त अभ्यासले समुदायको भूमिका, नागरिकको भूमिका के हुन्छ भन्ने जनचेतना जगाउनका लागि नमुना अभ्यास प्रदर्शन गरिएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले बताए ।

‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ, भन्ने मूल नारासहित गण्डकी प्रदेश सरकारको सहयोग, समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा वालिङ– ९ स्थित भुम्रेमा बाढीपहिरो, भूक्षय, भूकम्प, आगलागी लगायतका विपद्का समयमा गर्ने विधिको नमुना प्रदर्शन गरिएको थियो ।

आँधीखोलाको किनारमा गरिएको नमुना अभ्यास प्रदर्शन अवलोकन गर्न गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभाका सदस्य, स्याङ्जाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीयवासीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : ४५ बजे

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको

लिभिङ टुगेदरमा महिलाको अत्यधिक शोषण

काठमाडौं- पछिल्लो समय पश्चिमाको सिको गर्दै नेपालमा पनि युवाहरु ‘लिभिङ

मनसुन अवधिमा सरदरभन्दा वर्षा कम र तापक्रम बढ्ने पूर्वानुमान

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा