जनमुक्ति सेना भ्रष्टाचारमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न « Khabarhub

जनमुक्ति सेना भ्रष्टाचारमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ जनमुक्ति सेना एकपछि अर्को भ्रष्टाचार प्रकरणमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न उब्जिन थालेको छ । राष्ट्रपति सी जिन्पिङले चीनमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेपनि हालै चिनियाँ जनमुक्ति सेना खासगरी रकेट फौजभित्रको भ्रष्टाचार प्रकरण सार्वजनिक भएको हो । यससँगै चिनियाँ राजनीतिक नेतृत्वले जनमुक्ति सेनाका ९ जना वरिष्ठ सैन्य अधिकारीहरुलाई बर्खास्त गरिसकेको छ ।

राष्ट्रपति सीले चिनियाँ समाजबाट भ्रष्टाचार उन्मुलन गरेरै छाड्ने दृढता व्यक्त गर्दै आएका थिए । तैपनि जनमुक्ति सेनाका प्रायः सबै विभाग भ्रष्टाचारको जालोमा फसेको देखिन्छ । हालै बसेको चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक सम्मेलनले मुलुकको सैन्य एवम् हवाई उद्योगमा कार्यरत तीन जना वरिष्ठ अधिकारीलाई पदबाट मुक्त गर्ने निर्णय गरेको छ । चीनले आफ्नो आणविक क्षमता विस्तारको तयारी गरिरहेका बेला रकेट फौजमा देखिएको भ्रष्टाचारले चिनियाँ जनमुक्ति सेनामाथि नै प्रश्न उठाएको छ ।

चीनले केही समयअघि निकै लामो समयसम्म बेपत्ता रहेका रक्षामन्त्री ली शाङ्फूलाई बर्खास्त गरिदिएको थियो । साथै चिनियाँ राजनीतिक नेतृत्वले जनमुक्ति सेनाका ९ जना वरिष्ठ अधिकारीलाई पनि पदमुक्त ग¥यो । पदमुक्त गरिएका सैन्य अधिकारीहरु शाङ्फूनिकट मानिन्छन् ।

यसबाट चिनियाँ जनमुक्ति सेनामा व्याप्त भ्रष्टाचार छताछुल्ल भयो । आफ्ना आसेपासेलाई उच्च पदमा पु¥याएर राजनीतिक शक्ति आफ्नो हातमा लिने चिनियाँ राष्ट्रपति सीको यही नेतृत्व शैलीका कारण पनि पार्टीप्रतिको वफादारिताका नाममा भ्रष्टाचार मौलाइरहेको विश्लेषण गरिन्छ ।

जनमुक्ति सेनाको रकेट फौजलाई आणविक हतियारसँग सम्बन्धित क्षेत्रका लागि महत्वपूर्ण सैन्य एकाइ मानिन्छ । यस्ता भ्रष्टाचारका मामिलामा मुलुकका शीर्ष पदमा रहेका अधिकारीहरुको नाम जोडिनुले जनमुक्ति सेनाको निर्णायक तहमा उदण्डताको संस्कार रहेको भन्ने समेत टिकाटिप्पणी हुन थालेका छन् ।

ली युचाओ, जाङ जेनझोङ र लिउ गुआङबिनजस्ता रकेट फौजमा आबद्ध शीर्ष कमाण्डहरुको बर्खास्तीले अझ जवाफभन्दा धेरै प्रश्नहरु उब्जाएको छ । हालै सार्वजनिक समाचारहरुमा जनमुक्ति सेनाअन्तर्गत रकेट फौजले तयारी अवस्थामा रखेका क्षेप्यास्त्रको ट्यांकीमा इन्धनको सट्टामा पानी राखिएको उल्लेख छ । यसले चिनियाँ जनमुक्ति सेनाको रक्षा क्षमतामा गम्भीर प्रश्न उब्जाएको छ ।

जनमुक्ति सेनाभित्र राष्ट्रपति सीले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट सेना पार्टीप्रति पूर्ण वफादार रहन सहयोग मिल्ने आँकलन गरिएको थियो । यद्यपि हालै गरिएका बर्खास्तीबाट यस अभियानले सेनामा उल्लेखनीय सुधार गर्न असफल रहेको देखिन्छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : ०१ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले