सबै सरकारी भवन अपाङ्गमैत्री हुनुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

सबै सरकारी भवन अपाङ्गमैत्री हुनुपर्छ : मुख्यमन्त्री पाण्डे


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अब निर्माण गरिने सरकारी भवन तथा संरचनालाई अपाङ्गमैत्री बनाउन थप कडाइ गरिने बताएका छन् ।

पोखरामा आज साँझ भएको विपद् व्यवस्थापन समिति र सरोकारवालाबीच अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तरक्रियामा उनले भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्रीले अपाङ्गता भएकाहरुका लागि सहज र सुरक्षित हुने गरी व्यक्तिगत भवन बनाउनुपर्नेमा जोड दिए ।

“सार्वजनिक भवन अपाङ्गमैत्री नभएका धेरै गुनासा छन् । मुख्यमन्त्रीकै कार्यालयमा पनि सजिलो छैन । अपाङ्गता भएका साथीहरु आउँदा भेट्नका लागि म तल्लो तलामा झर्ने गर्दछु”, मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेशमा अब बन्ने सरकारी भवन अपाङ्गमैत्री हुन्छन् । सबै सरकारी निकायमा कडाइका साथ लागू गर्छौँ ।”

मुख्यमन्त्री पाण्डेले विपद्का बेला अपाङ्गता भएकालाई अझ बढी कठिनाइ हुने भएकाले परिवार तथा समुदायले अझ बढी जिम्मेवार भएर विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग मिलेर काम गरेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशमा रु १० करोडको विपद् व्यवस्थापन कोष स्थापना गरिएको र सबै जिल्लामा रु १० लाखको कोष रहेको जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ९ : ०७ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता