‘भारत चाँडै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्छ’ « Khabarhub

‘भारत चाँडै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्छ’


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्हे ब्रेन्डले भारत चाँडै नै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने बताएका छन् । भारतको बिजनेश टूडेसँगको विशेष कुराकानीका क्रममा अध्यक्ष ब्रेन्डले भारत १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने बाटोमा रहेको बताएका हुन् ।

विश्वमा भूराजनीतिक तनावका र कमजोर लगानी चक्रका कारण विश्व अर्थतन्त्र सुस्ताइरहेका बेला भारतको आर्थिक वृद्धिबाट भने आफू प्रभावित भएको उनले बताए । उनले यस वर्ष भारतको अर्थतन्त्र ८ प्रतिशतले बढ्ने पनि आँकलन गरे ।

स्विट्जरल्याण्डको डाभोसमा सञ्चालित विश्व आर्थिक मञ्चको सम्मेलनमा उनले आगामी दुई दशकभित्र भारत १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने दाबी गरे ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ०२ बजे

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले