नेवा संस्कार र संस्कृति संरक्षणार्थ धिमे नाच र बाजा बजाउने तालिम « Khabarhub

नेवा संस्कार र संस्कृति संरक्षणार्थ धिमे नाच र बाजा बजाउने तालिम


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गण्डकी- नेवा संस्कार एवं संस्कृति प्रवद्र्धन र संरक्षणको उद्देश्यका साथ पोखरामा पहिलोपटक धिमे नाच र धिमे बाजा बजाउने तालिम दिइएको छ ।

नेवारी संस्कृतिको मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि गर्न नेवा मिसा पुच कास्कीको आयोजना र पोखरा महानगरपालिका९३ को सहयोगमा ४० जना युुवायुुवतीलाई १५ दिन तालिम दिइएको हो ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार संस्कृति प्रवद्धन र संरक्षणको लागि युवालाई पोखरामै पहिलोपटक धिमे नाच र बाजाको तालिम दिइएको बताए ।

नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थाका पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनजागृत गरेको उल्लेख गर्दै उनले नाचलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाइराख्न सकेमात्र पहिचान कायम रहने बताए ।

नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा पत्रकार तथा मिसा पुचहरूको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने सङ्ग्रहालय निर्माण भएको बताउँदै उनले संस्कृतिको जगेर्ना आवश्यक भएको उल्लेख गरे । नेवा मिसा पुचः कास्कीका अध्यक्ष सङ्गीता बज्राचार्यले तालिमका सिकाइलाई व्यवहारमा उतार्न निरन्तरको अभ्यास आवश्यक रहेको बताए । प्रशिक्षार्थीलाई विकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ५२ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र