क्रिकेटमा नेपाल ‘ए’ टिम : आइतबारदेखि मुलपानीमा क्यानडाविरुद्ध तीन खेल खेल्दै « Khabarhub

क्रिकेटमा नेपाल ‘ए’ टिम : आइतबारदेखि मुलपानीमा क्यानडाविरुद्ध तीन खेल खेल्दै


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेल खेल्दैछ। यी सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन भने मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पहिलो खेल आइतबार अर्थात् फागुन ६ गते हुनेछ। थप दुई खेल फागुन ८ र १० गते हुने क्यानले जनाएको छ।

क्यानले नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई स्थान दिएको छ। ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ। यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू-१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ।

राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रुपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो।

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : १४ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक