बालक्यान्सर : हौसला, उपचार र मायाले निको पार्छ | Khabarhub Khabarhub

बालक्यान्सर : हौसला, उपचार र मायाले निको पार्छ


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

स्याङजा आँधिखोलाकी सदीक्षा पौडेल काठमाडौं बसेर पढ्दै थिइन्। उनलाई रिंगटा लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने औषधी खाँदा पनि निको नहुने समस्या देखिएपछि उनी आफैं वीर अस्पताल गइन्।

केही पत्ता लागेन। एक त बिरामी एक्लै बस्न असहज भएपछि घर फर्किइन। स्याङजाको एउटा क्लिनिकमा जाँच गर्दा चिकित्सकले क्यान्सरको शंका गरेर चितवनको भरतपुर क्यान्सर अस्पताल जान सल्लाह दिए। उनी बुबालाई लिएर चितवन गइन्। त्यसबेला क्यान्सर पत्ता लगाउने प्रविधि नेपालमा थिएन, भारत पठाउनुपथ्र्यो। उनको पनि रगत जाँच गर्न भारतमै पठाइयो।

रिपोर्ट आएपछि उनलाई ब्लड क्यान्सर देखियो। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको बुवाले कति खर्च लाग्ने हो कसरी उपचार गर्ने हो सकिँदैन भन्दै उपचार नै नगरी फर्किए। त्यो बेला सदीक्षालाई अब उपचार नपाएर देह उठ्ने भयो भन्ने लाग्यो। पढाइमा सहयोग गर्ने एन्सर नेपाल भन्ने एउटा अमेरिकन संस्थाको सहयोगमा उनले उपचार पाइन्। ६ महिनाको अस्पताल ओहोदोहोरपछि उनी पूर्णरुपमा निको भएर घर फर्किइन्।

‘बिरामी भएर घरमा बस्दा जति तनाव चिन्ता हुन्थ्यो, अस्पतालमा भर्ना भएपछि त्यो सबै हट्यो। सबैलाई हुने रोग रहेछ। परिवारको साथ र हौसलाले मैले ब्लड क्यान्सरमाथि विजय हासिल गरेँ,’ सदीक्षा आफ्नो विगत सुनाउँछिन्। अस्पतालमा बस्दा डाक्टर र नर्सबाट मैले जुन पारिवारिक वातावरण पाएँ त्यसले मलाई स्वास्थ्य क्षेत्रमा काम गर्ने प्रेरणा मिल्यो र अहिले म आफ्नै जिल्लाको स्वास्थ्य चौकीमा एनेम पदमा कार्यरत छु सदीक्षाले भनिन्।

सदीक्षा जस्तै विराटनगरकी नाम परिवर्तन एस क्षेत्रीलाई पनि १७ वर्षको उमेरमा ब्लड क्यान्सर देखियो डाक्टरले उनलाई रोगको बारेमा केही नभने पनि उनले आफैं रिपोर्ट हेरेर क्यान्सर भएको थाहा पाइन्। उनी आफैं नर्सिङको विद्यार्थी भएकाले क्यान्सर निको हुन्छ भन्ने भएपनि परिवारमा चाहिँ एकदमै त्रास फैलियो। एक त धेरै खर्च पनि लाग्ने, अर्को अब निको हुन्छ कि हुँदैन भन्ने पनि ग्यारेण्टी छैन भन्दै चिन्ता भयो। तर जब उपचार सुरु भयो त्यसपछि सबैमा निको हुन्छ भन्ने आशा जाग्यो। केही समयको उपचारपछि उनी निको भएर अहिले बीबीए पढ्दैछिन्।

‘बिरामी भएर घरमा बस्दा जति तनाव चिन्ता हुन्थ्यो, अस्पतालमा भर्ना भएपछि त्यो सबै हट्यो। सबैलाई हुने रोग रहेछ। परिवारको साथ र हौसलाले मैले ब्लड क्यान्सरमाथि विजय हासिल गरेँ,’ सदीक्षा आफ्नो विगत सुनाउँछिन्।

भक्तपुरकी श्रेया श्रेष्ठका बुवा दिगम्बर श्रेष्ठ भन्छन्– छोरीलाई ८ वर्षको हुँदा ग्ल्याण्ड क्यान्सर भयो। पछि सरेर ब्लडमा देखियो। यो करिब १२, १३ वर्ष अगाडिको कुरा हो। त्यसबेला बच्चालाई क्यान्सर हुन्छ भन्ने नै थाहा थिएन। उनकी छोरीको ग्ल्याण्ड बढ्दै गयो। विभिन्न उपचार गराएँ तर क्यान्सर पत्ता लागेन। पछि भारतमा गएर जाँच गर्दा क्यान्सर ब्लडसम्म फैलिसकेको थियो। भारतमा केही समयको उपचारपछि नेपालमै फर्कियौं र भरतपुर अस्पतालमा उपचार सुरु गरियो।

‘६ महिना अस्पतालको बसाइपछि घर फर्कियौं। औषधी करिब डेढ वर्षसम्म नै खुवाउनुपर्यो। अहिले छोरी एकदमै स्वस्थ छिन् र कलेज पढ्दैछिन्’, उनले भने। श्रेष्ठ भन्छन्, ‘मेरो घरमा पहिले पनि क्यान्सरका बिरामीको उपचार गरी निको भएकाले यो एउटा सामान्य रोग हो उपचार गरेपछि निको हुन्छ भन्ने थियो। गाउँ समाजमा अहिले पनि तिम्रो छोरीलाई क्यान्सर थियो निको भयो भन्छन्।’

यस्ले गर्दा उनको मन खिन्न हुन्छ। कसैलाई अलि गम्भीर रोग लाग्यो भने उसलाई हौसला दिनुपर्ने उनको भनाइ छ। यो त सामान्य हो निको हुन्छ भन्ने चेतना सबैमा भयो भने यसले उपचारमा ठूलो सहयोग पुग्ने उनी बताउँछन्। सदीक्षा, श्रेया र एस क्षेत्री जस्तै कयौं बालबालिकाले विभिन्न क्यान्सरलाई जित्न सफल भएका छन्। नेपालमा धेरै बालबालिकालाई विभिन्न क्यान्सर हुने गरेको समयमै उपचार पाए यो पूर्ण रुपमा निको हुने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर पौडेल बताउँछन्।

नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन्। हरेक वर्ष एक हजार पाँच सय हाराहारीमा यस्ता बिरामी हुने र तीमध्ये आधा मात्रै उपचारको पहुँचमा आउने गरेको देखिएको छ।

कस्तो छ बालक्यान्सरको अवस्था ?
नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन्। हरेक वर्ष एक हजार पाँच सय हाराहारीमा यस्ता बिरामी हुने र तीमध्ये आधा मात्रै उपचारको पहुँचमा आउने गरेको देखिएको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनले देशभरका १२ क्यान्सर परीक्षण हुने अस्पतालको तथ्याङ्क संकलन गर्दै आएको छ। अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. पौडेलले बर्सेनी ७५० हाराहारीमा मात्रै क्यान्सर पीडित बालबालिका उपचारको पहुँचमा आउने गरेको जानकारी दिए।

उनले भने, ‘विश्वको तथ्याङ्क र नेपालको जनसंख्यालाई हेर्दा नेपालमा हरेक वर्ष १५ सय हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी हुनुपर्छ।’ कैयौंको संख्यामा अन्य कारणबाट मृत्यु भएको देखिए पनि क्यान्सर पत्ता नलागेको हुनसक्ने उनको भनाइ छ।

अस्पतालका उपनिर्देशकसमेत रहेका डा. पौडेलले अगाडि भने, ‘बच्चाको ज्वरोलगायत अन्य कारणबाट मृत्यु हुन्छ, परीक्षण नहुँदा उनीहरुको क्यान्सर भएर मृत्यु भएको पनि हुनसक्छ।’ कतिपयले क्यान्सर हो भन्ने थाहा पाएपछि उपचार नै नगरी घरमा राख्ने गरेका हुन्छन्। ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न सकेमा बिरामी अस्पतालसम्म आइपुग्ने उनी बताउँछन्।

धेरै प्रकारका क्यान्सरमध्ये ब्लड क्यान्सर भएमा ज्वरो आउने, लामो समयसम्म औषधि खाँदा पनि निको नहुने, रगतको मात्रा घट्ने, बच्चा पहेँलो हुने, शरीरमा निलडाम वा दिसा पिसाबमा रगत देखियो भने ब्लड क्यान्सरको शंका गर्न सकिन्छ।

कस्ता छन् लक्षण ?
डाक्टर पौडेलका अनुसार बालबालिकामा मुख्यतया १२ किसिमका क्यान्सर देखिने गर्छ। जस्तै : ब्लड क्यान्सर, दोस्रो ब्ल्याङ् क्यान्सर, ब्रेन ट्युमर, आँखाको क्यान्सर, कलेजोको क्यान्सर, मिर्गौलामा हुने क्यान्सर, अण्डकोषको क्यान्सर, हड्डीमा हुने क्यान्सर, नरम मासुको क्यान्सर, छालाको क्यान्सर, नसामा लाग्ने क्यान्सर। यी क्यान्सर बच्चा जन्मेदेखि ५ वर्षसम्म देखिन सक्छ। यीमध्ये कुनै क्यान्सर उमेर बढ्दै जाँदा देखिने र कतिपय उमेरसँगै घट्ने पनि हुन्छ।

धेरै प्रकारका क्यान्सरमध्ये ब्लड क्यान्सर भएमा ज्वरो आउने, लामो समयसम्म औषधि खाँदा पनि निको नहुने, रगतको मात्रा घट्ने, बच्चा पहेँलो हुने, शरीरमा निलडाम वा दिसा पिसाबमा रगत देखियो भने ब्लड क्यान्सरको शंका गर्न सकिन्छ।

त्यस्तै ब्रेन ट्युमरमा बच्चा बेहोस हुने, सामान्य बच्चाभन्दा उसको मस्तिष्कको विकास अलि ढिलो हुने, आँखा, मुख बाङ्गो बनाउने लगायतका लक्षण देखिन सक्छन्। त्यस्तै, जुन अंगमा क्यान्सर भएको हो, त्यो अंग सामान्य अवस्थाको बच्चाको भन्दा केही फरक देखियो भने क्यान्सर भएको भनेर शंका गर्नुपर्ने डाक्टर पौडेलको भनाइ छ।

८० प्रतिशत निदान हुन्छ
समयमा उपचारमा ल्याउन सकेमा ८० प्रतिशत बाल क्यान्सर निको हुने डा. पौडेल बताउँछन्। बच्चामा क्यान्सर रोग पूर्ण रुपमा रोकथाम गर्न सहज नभए पनि विषादीयुक्त खानेकुरा रोक्न सकेमा घटाउन सकिने उनको भनाइ छ। बच्चामा रगत, हड्डी, दिमाग, ग्रन्थी लगायतमा क्यान्सर हुने उनले बताए।

जनचेतनाको अभावमा बच्चाको क्यान्सर उपचारका लागि अस्पताल नपुग्ने धेरै छन्। अहिले अस्पतालमा धेरै बच्चा अन्तिम अवस्थामा पुग्ने गरेको पाइन्छ ।

जनचेतनाको अभावमा बच्चाको क्यान्सर उपचारका लागि अस्पताल आउने क्रम कम भएको उनले बताए। अहिले अस्पतालमा धेरै बच्चा अन्तिम अवस्थामा आइपुग्ने गरेकाले रोगको लक्षणको बारेमा व्यापक प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए।

धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उनले बताए। ‘क्यान्सरको उपचार खर्चालु छ, दुई–तीन वर्ष उपचार गर्नुपर्दछ र औषधी महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन’, उनले भने, ‘अभिभावकलाई क्यान्सर रोग उपचार गरे निको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउन आवश्यक छ।’
सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ। एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ०२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि