मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, एक घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, एक घाइते


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका- ९ आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमरको मृत्यु भएको हो । 

कुमर स १० प ३९०९ न को मोटरसाइकल चलाउँदै डकाहाबाट दुधौली तर्फ जाँदै थिए । उनलाई साेही नगरपालिका ९ वस्ने अन्दाजी ५५ वर्षीय हरि राउतले चलाइरहेको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।

बेचु कुमरको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर थियो । उनलाई कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक हरि राउतको भने दुधौलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ८ : ३४ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता