८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना अधुरै « Khabarhub

८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना अधुरै


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला क्रिकेट टोलीको ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै भएको छ ।

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना सकिएको हो ।

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनायो । ११६ रनको विजयी लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेट्टायो । मलेसियाको जितमा इल्सा हन्टरले ६९ रन बनाइन् ।

नेपालकी कबिता जोशीले दुई विकेट लिइन् ।

यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले २९ रन बनाउँदा डली भट्टले २४ रन बनाइन् ।

मलेसियाको जितसँगै एसिया कप खेल्ने टिमको टुङ्गो लागेको छ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै एसिया कपमा छनोट भएको थियो । अब एसिया कप वुमन्स प्रिमियर कपको फाइनलमा युएई र मलेसिया खेल्नेछन् ।

एसिया कपमा भने मलेसिया र युएईसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  २ : १६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको