दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु « Khabarhub

दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले शुक्रबार बताउन भएको छ ।

अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन । आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए ।

दुर्घटनामा दिल्लीका एक प्रहरी र दुई महिलासहित चार जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आगलागी उत्तरपश्चिम दिल्लीको आवासीय क्षेत्रको छेउमा अवस्थित रङ (पेन्ट) उत्पादन गर्नेे कारखानामा भएको हो ।

आगलागीका कारण वरपरका घरहरू प्रभावित भएका छन् भने अग्निनियन्त्रण विभागका कर्मचारीहरूको निरन्तरको सहयोगमा कम्तीमा चार घण्टापछि शुक्रबार बिहानसम्ममा आगो नियन्त्रणमा आएको थियो ।

नजिकैका घरहरू तथा पसलहरूमा आगो लागेपछि ठूलो विस्फोटको आवाज सुनिएको तर आगलागीको कारण अहिलेसम्म थाहा हुन नसकेको स्थानीयहरूले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ३९ बजे

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने