भ्रष्टाचारीका लागि देश स्वर्ग भयो, व्यवस्था परिवर्तन गरौँ : कमल थापा | Khabarhub Khabarhub

भ्रष्टाचारीका लागि देश स्वर्ग भयो, व्यवस्था परिवर्तन गरौँ : कमल थापा


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्री पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारीहरुको लागि स्वर्ग भएको बताउँदै ब्रम्हलुटको अन्त्य गर्न व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सीमा नाघेकोसमेत बताए ।

अहिलेको मुलुकको समस्या समाधान व्यक्ति परिवर्तनबाट सम्भव नभएको चर्चा गर्दै थापाले प्रणाली र व्यवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

भ्रष्टहरुले उन्मुक्ती पाउने व्यवस्था लामो समय नटिक्ने भन्दै थापाले व्यवस्था परिवर्तनको लागि आन्दोलन अपरिहार्य भएको समेत बताए ।

व्यवस्था परिवर्तनको पक्षधरबीच मोर्चा निर्माण गरि आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेकोे भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे ।

सनातन हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको निमित्त आन्दोलनको वातावरण निर्माण गर्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,राजाराम बर्तौला, श्याम घिमिरेलगायत क्षेत्रीय अध्यक्षहरुले धारणा राखेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : १३ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले