भ्रष्टाचारीका लागि देश स्वर्ग भयो, व्यवस्था परिवर्तन गरौँ : कमल थापा « Khabarhub

भ्रष्टाचारीका लागि देश स्वर्ग भयो, व्यवस्था परिवर्तन गरौँ : कमल थापा


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्री पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारीहरुको लागि स्वर्ग भएको बताउँदै ब्रम्हलुटको अन्त्य गर्न व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सीमा नाघेकोसमेत बताए ।

अहिलेको मुलुकको समस्या समाधान व्यक्ति परिवर्तनबाट सम्भव नभएको चर्चा गर्दै थापाले प्रणाली र व्यवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

भ्रष्टहरुले उन्मुक्ती पाउने व्यवस्था लामो समय नटिक्ने भन्दै थापाले व्यवस्था परिवर्तनको लागि आन्दोलन अपरिहार्य भएको समेत बताए ।

व्यवस्था परिवर्तनको पक्षधरबीच मोर्चा निर्माण गरि आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेकोे भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे ।

सनातन हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको निमित्त आन्दोलनको वातावरण निर्माण गर्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,राजाराम बर्तौला, श्याम घिमिरेलगायत क्षेत्रीय अध्यक्षहरुले धारणा राखेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : १३ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको