हुलाकी सडकअन्तर्गत खजुराको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ज्वाला « Khabarhub

हुलाकी सडकअन्तर्गत खजुराको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ज्वाला


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बाँके । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रको एक हजार आठ सय मिटर सडक निर्माणमा आफूले सबै उपाय अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हुलाकी सडकको नेपालञ्ज गुलरिया सडकखण्ड अनुगमन गर्न खजुरा आउनुभएका मन्त्री ज्वालाले स्थानीयबाट ध्यानाकर्षणपत्र लिएपछि सडक निर्माण एवं विस्तारमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले सडक विस्तारको विषय अदालतमा विचाराधीन रहेको जानकारी दिए । न्यायालयबाट निर्णय नआएसम्म प्रतीक्षा गर्नुको विकल्प नभएको उनको कथन थियो ।

सडक–निर्माण एवं विस्तारको जिम्मा लिएका निर्माण कम्पनीले निर्धारित काम इमान्दारीपूर्वक नगरेमा तथा गुणस्तरहीन काम गरेमा कडाभन्दा कडा कारबाही गर्न मन्त्री ज्वालाले मन्त्रालय, सडक विभाग मातहतका कार्यालयलाई निर्देशन दिइएको स्पष्ट गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १० : २१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु