महासमितिमा पेश हुने प्रतिवेदनमा गठबन्धनको छाँया देखियो : शेखर कोइराला « Khabarhub

महासमितिमा पेश हुने प्रतिवेदनमा गठबन्धनको छाँया देखियो : शेखर कोइराला


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले महासमिति बैठकमा पेश गरिने प्रस्तावमाथि १६ बुँदे धारणा राखेका छन्।

केन्द्रीय समिति बैठकमा कोइरालाले आफ्ना सुझावसहित धारणा राख्दै महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको उल्लेख गरेका हुन् ।

‘महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो ।महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन’ नेता कोइरालाले उल्लेख गरे ।

साथै उनले कुनै पनि तहका निर्वाचनमा कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन वा तालमेल गर्न नहुने बताए। कुनै पनि दलको बहुमत आउन नसक्ने निर्वाचन प्रणाली फेर्न कांग्रेसले पहल गर्नुपर्ने कोइरालाको भनाइ छ ।

उनले भने ‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसंग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन। अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन । तसर्थ संविधान संशोधनमार्फत् निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्नुपर्छ।’

कांग्रेसका महासमिति पेश गर्नका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति तयार गरेका हुन् । त्यस्तै महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका थिए। सोही प्रस्तावमाथि कोइरालाले आफ्नो धारणा राखेका हुन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १० : ४० बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ