महासमितिमा पेश हुने प्रतिवेदनमा गठबन्धनको छाँया देखियो : शेखर कोइराला « Khabarhub

महासमितिमा पेश हुने प्रतिवेदनमा गठबन्धनको छाँया देखियो : शेखर कोइराला


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले महासमिति बैठकमा पेश गरिने प्रस्तावमाथि १६ बुँदे धारणा राखेका छन्।

केन्द्रीय समिति बैठकमा कोइरालाले आफ्ना सुझावसहित धारणा राख्दै महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको उल्लेख गरेका हुन् ।

‘महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो ।महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन’ नेता कोइरालाले उल्लेख गरे ।

साथै उनले कुनै पनि तहका निर्वाचनमा कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन वा तालमेल गर्न नहुने बताए। कुनै पनि दलको बहुमत आउन नसक्ने निर्वाचन प्रणाली फेर्न कांग्रेसले पहल गर्नुपर्ने कोइरालाको भनाइ छ ।

उनले भने ‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसंग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन। अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन । तसर्थ संविधान संशोधनमार्फत् निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्नुपर्छ।’

कांग्रेसका महासमिति पेश गर्नका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति तयार गरेका हुन् । त्यस्तै महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका थिए। सोही प्रस्तावमाथि कोइरालाले आफ्नो धारणा राखेका हुन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १० : ४० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने