अर्थसहित तीवटा समितिको बैठक बस्दै « Khabarhub

अर्थसहित तीवटा समितिको बैठक बस्दै


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठक बस्दैछ ।

अर्थ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि सैद्धान्ति छलफल गर्नुका साथै उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा निजी ऊर्जा उत्पादकबाट उत्पादित जलविद्युत तथा जलविद्युत आयोजनामा निजी क्षेत्रको लगानी प्रवर्धन गर्न विद्यमान ऐन, कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा छलफल गर्ने तयारी छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ८ : २५ बजे

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना