कन्या गुरुकुल महायज्ञमा ९८ लाख सङ्कलन « Khabarhub

कन्या गुरुकुल महायज्ञमा ९८ लाख सङ्कलन


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गार्गी कन्या गुरुकुलको सहयोगार्थ काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना भइरहेको महायज्ञमा हालसम्म रु ९८ लाख सङ्कलन भएको छ । महायज्ञको चौथो दिन आज रु ४२ लाख ८५ हजार सहयोग जुटेको छ ।

गुरुकुलका संस्थापक प्रमुख संरक्षक भगवती उपाध्यायले आज रु २५ लाख सहयोग गर्नुभएको छ । गुरुकुलमा अन्य दान दिने दाता थपिँदै गएका महायज्ञका कार्यक्रम संयोजक डा गोविन्द टण्डनले जानकारी दिए ।

सहयोग रकम थपिँदै गएको महायज्ञका सहसंयोजक टङ्कनाथ पौडेलले जानकारी दिए । आज गलेश्वर आश्रम देवघाटधामका पिठाधीश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले प्रवचन दिएका थिए ।

यही फागुन १ गतेदेखि सुरु भएको उक्त महायज्ञमा पण्डित कुवेर सुवेदीले भागवत कथा वाचन गरेका थिए । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको हो ।

हाल गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित कक्षा ५ देखि ११ सम्म ८० कन्या अध्ययनरत छन् । स्वर्गीय अङ्गुरबाबा जोशीको अगुवाइमा काठमाडौँमा २०६७ सालमा ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो ।

विसं २०७५ देखि देवघाटधाममा पनि गार्गी कन्या गुरुकुल सञ्चालनमा छ । नेपालमा दुई सय ५० भन्दा बढी गुरुकुल दर्ता भए पनि एक सय ५० जति मात्र सञ्चालनमा रहेका राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष गोदा सुवेदीले जानकारी दिए । सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ११ : ०३ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४