एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप « Khabarhub

एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भलिबल संघको आयोजनामा आठौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने सो खेलमा पुरूषतर्फका १३ र महिलातर्फका ७ समुहले भाग लिँदैछन् ।

जसअनुसार महिलातर्फ समूह ‘ए’ मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, नेपाल एपीएफ क्लब र मधेश प्रदेश प्रतिस्पर्धामा उत्रिँदै छन् ।

यसैगरी पुरुषतर्फको समूह ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब रहेका छन् भने समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् ।

साथै, समूह ‘सी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानीलकण्ठ भलिबल क्लब र समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लबले सहभागी हुने आयोजकले जनाएका छन् ।

चैत १० गतेसम्म चल्ने प्रतियोगिताको दुवै तर्फका विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ०५ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना