११२ वर्षपछि बन्ने भयो टाइटानिक–२, २३ सय बढीले यात्रा गर्न सक्ने « Khabarhub

११२ वर्षपछि बन्ने भयो टाइटानिक–२, २३ सय बढीले यात्रा गर्न सक्ने


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सिड्नी– ११२ वर्ष पछि इतिहास दोहोरिने भएको छ । सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा फेरि टाइटानिक–२ निर्माण गर्ने तयारी भइरहेको छ ।

अस्ट्रेलियाका अर्बपति तथा पूर्वसांसद क्लाइभ पाल्मरले यसलाई निर्माण गर्ने पूर्ण योजना बनाएका छन् । यसका लागि टेण्डर दिने काम पनि तीब्र गतिमा सुरु भएको छ ।

सीएनएनका अनुसार क्लाइभले टाइटानिक–२ पहिलेको टाइटानिक भन्दा धेरै राम्रो हुने र यात्रुहरूले पूर्ण विलासिताका साथ यात्रा गर्ने मौका पाउने दाबी गरेका छन् ।

विश्वको ७३२औँ धनी व्यक्ति क्लाइभ पाल्मरले यसै साता सिड्नीमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन । उनले टाइटानिक– २ बनाउने सपना अझै अधुरै रहेको बताए ।

टाइटानिक बनाउने कम्पनीको नाम ह्वाइट स्टार लाइन थियो । सोही आधारमा क्लाइभले आफ्नो कम्पनीको नाम ब्लू स्टार लाइन राखेका छन् ।

यो जहाज पहिलो टाइटानिक जस्तै तयार हुनेछ । यसमा प्रसिद्ध सिँढीहरू, धुमपान कोठा, थिएटर, क्यासिनो, विभिन्न वर्गका मानिसहरूका लागि खानाको व्यवस्था पनि समावेश हुनेछ।

यसमा तेस्रो दर्जाका मानिसका लागि क्याफेटेरिया पनि बनाइनेछ । यो जहाज ८३३ फिट लामो र १०५ फिट चौडा हुनेछ । यो ९ डेक जहाजमा ८ सय ३५ क्याबिन हुनेछन् जसमा २ हजार ३ सय ४५ यात्रुले यात्रा गर्न सक्नेछन् ।

जसमा प्रथम श्रेणीका लागि ३८३, द्वितीय श्रेणीका लागि २०१ र तृतीय श्रेणीका लागि २५१ कोठा तयार पारिनेछ । टाइटानिक–२ को पहिलो यात्रा जुन २०२७ मा निर्धारित गरिएको छ । यो इंग्ल्याण्डदेखि न्यूयोर्कसम्म चल्नेछ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ५२ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण