स्वयम्भू महाचैत्यको जीर्णोद्धार | Khabarhub Khabarhub

स्वयम्भू महाचैत्यको जीर्णोद्धार


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर ५० लाखको लागतमा जीर्णोद्धार गरिएको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गजुरको जीर्णोद्धार गरेको हो । काठमाडौँ-१५ मा रहेको महाचैत्यको पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले जीर्णोद्धारका लागि प्राविधिक अध्ययन गरेका थिए ।

यही चैत ५ गते धार्मिक परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चैत्यको पूजा गर्ने कार्यक्रम रहेको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए। उक्त चैत्य एक सय छ मिटर अग्लो छ । गजुरमा सुनको जलप लगाइएको छ । गजुरसँगै हर्मिका, छत्राबलि र १३ भुवन पनि सिँगारिएको छ । 

महाचैत्यको कलाकौशल, बनोटको अध्ययन तथा अवलोकन गर्न स्वदेशी र विदेशी पर्यटक आउने गरेको महासमितिका इन्जिनियर राजेश सुवालले जानकारी दिए । चैत्यको आसपास रहेको अनन्तपुर र प्रतापपुर यसअघि जीर्णोद्धार भइसकेका छन् । मन्दिर क्षेत्रबाट काठमाडौँ उपत्यका राम्रोसँग देख्नसक्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १२ : २६ बजे

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै

पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक

भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छुः महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भयरहित समाज निर्माण गर्न