अन्तर नगर महिला कबड्डी : बुटवल र मेलौली फाइनलमा | Khabarhub Khabarhub

अन्तर नगर महिला कबड्डी : बुटवल र मेलौली फाइनलमा


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल खेल बुटवल उपमहानगरपालिका रूपन्देही र मेलौली नगरपालिका बिच हुनेछ।  

बुटवल उपमहानगरपालिका र पोखरा महानगरपालिकाविचको शुक्रबारको  सेमिफाइनल खेलमा बुटवलले पोखरालाई ४३–२५ अंकले पराजित गरेको थियो । सो खेलमा बुटवलका सृजना थारु म्यान अफ द म्याच घोषित भइन् ।

त्यस्तै तीव्र प्रतिस्पर्धाबीच भीमदत्त नपा र मेलौली नपाविचको सेमिफाइनलको खेलमा मेलौलीले भीमदत्तलाई ३७–३१ अंकले पराजित गरेको थियो । उक्त खेलमा मेलौलीका रविना चौधरी म्यान अफ द म्याच घोषित भइन् ।

प्रतियोगितापछि विजयी खेलाडीहरुलाई पुरस्कार वितरण एवम् समापन कार्यक्रम हुने छ । संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा उत्कृष्टहरु पुरस्कृत हुने छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई  १ लाख, तेस्रो र चौथो हुनेलाई ५०–५० हजार प्रति समूह नगद पुरस्कारको व्यवस्था छ । प्रतियोगितामा पोखरा महानगरपालिका र भीमदत्त नगरपालिका तेश्रो भएको छन् । बुटवलबाट पोखरा र मेलौलीबाट भीमदत्त पराजित भएपछि पोखरा र भीमदत्त दुई नगरपालिकाहरू तेश्रोमा सीमित भएका हुन् ।  

भक्तपुर नगरपालिका वडा १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : ०१ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता