ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक : मन्त्री गिरी « Khabarhub

ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक : मन्त्री गिरी


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताएका छन् । 

राजधानीमा आयोजित ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटौँ महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा उनले विज्ञहरूसँग छलफल गरेर उक्त ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, ‘ढुवानी व्यवसाय क्षेत्रका विधेयक छलफलमा छन् । सबै नसमेटिन सक्छन् । त्यसैले छुट्टै ऐनको आवश्यकता छ जस्तो लाग्छ ।’ उनले ढुवानी व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याए पनि भूकम्प, कोभिड तथा आर्थिक मन्दीको मारमा परेको बताए।

त्यसैगरी महासङ्घका महासचिव अरुणकुमार श्रेष्ठले महामारीका बेला  सामानको नियमित आपूर्ति गरेका ढुवानी व्यवसायीहरू आर्थिक मन्दीको भार खेपिरहेको दुखेसो पोखे। 

राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद शिव नेपालीले यातायात व्यवसायीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले निजी क्षेत्र महत्वपूर्ण खम्बा रहेकोले  यातायात तथा ढुवानी व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जनाए । 

ढुवानी व्यवसायका अग्रज व्यक्तित्व सरदार प्रितम सिंहलाई सम्मान गरिएको थियो । साथै गण्डकी विश्वविद्यालयले ढुवानी व्यवसायसँग सम्बन्धित नीति अनुसन्धान गरी आवश्यक प्रतिवेदन तयार पार्ने विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिना र ढुवानी व्यवसायी महासङ्घबीच सम्झौता गरेको छ । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : ४७ बजे

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी– बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह

कठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा