ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक : मन्त्री गिरी « Khabarhub

ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक : मन्त्री गिरी


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताएका छन् । 

राजधानीमा आयोजित ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटौँ महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा उनले विज्ञहरूसँग छलफल गरेर उक्त ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, ‘ढुवानी व्यवसाय क्षेत्रका विधेयक छलफलमा छन् । सबै नसमेटिन सक्छन् । त्यसैले छुट्टै ऐनको आवश्यकता छ जस्तो लाग्छ ।’ उनले ढुवानी व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याए पनि भूकम्प, कोभिड तथा आर्थिक मन्दीको मारमा परेको बताए।

त्यसैगरी महासङ्घका महासचिव अरुणकुमार श्रेष्ठले महामारीका बेला  सामानको नियमित आपूर्ति गरेका ढुवानी व्यवसायीहरू आर्थिक मन्दीको भार खेपिरहेको दुखेसो पोखे। 

राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद शिव नेपालीले यातायात व्यवसायीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले निजी क्षेत्र महत्वपूर्ण खम्बा रहेकोले  यातायात तथा ढुवानी व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जनाए । 

ढुवानी व्यवसायका अग्रज व्यक्तित्व सरदार प्रितम सिंहलाई सम्मान गरिएको थियो । साथै गण्डकी विश्वविद्यालयले ढुवानी व्यवसायसँग सम्बन्धित नीति अनुसन्धान गरी आवश्यक प्रतिवेदन तयार पार्ने विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिना र ढुवानी व्यवसायी महासङ्घबीच सम्झौता गरेको छ । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : ४७ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता