हमास र यमनी हुथी विद्रोहीबीच गाजा युद्धबारे छलफल « Khabarhub

हमास र यमनी हुथी विद्रोहीबीच गाजा युद्धबारे छलफल


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गाजा– हमास र यमनका हुथी विद्रोहीका शीर्षस्थ व्यक्तिहरूबीच इजरायलविरुद्ध आफ्ना गतिविधिहरू सञ्चालन गर्न समन्वय गर्ने विषयमा छलफल गर्न बैठक गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

हमास र यमनी हुथी समूहले ‘इजरायलको गाजामा भइरहेको कारबाहीको प्रतिरोध’ गरिरहेका छन् । इराननिकट यी समूहजस्तै लेबनानको हिजबुल्लाह र केही इराकी लडाकू समूहको पनि इजरायल तथा संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण व्यवहार रहेको छ । 

गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता हुथी विद्रोहीले गाजामा प्यालेस्टिनीप्रति ऐक्यवद्धता जनाउँदै इजरायलसँग सम्बन्धित पानीजहाजलाई निशाना बनाएको भन्दै महिनौंदेखि रेड सीको बाटो भएर आवतजावत गर्ने पानीजहाजमा आक्रमण गर्दै आएका छन् ।

हमास र इस्लामिक जिहाद निकटस्थ स्रोतका अनुसार दुई प्यालेस्टिनी इस्लामिक समूहका साथै ‘प्यालेस्टिनी माक्र्सिस्ट पपुलर फ्रन्ट’का नेताहरूले गत हप्ता हुथी प्रतिनिधिहरूसँग ‘महत्वपूर्ण बैठक’ गरेका थिए।

हमास निकट स्रोतले बैठक कहाँ भएको थियो भन्ने उल्लेख नगरी यी समूहहरूले गाजा युद्धको ‘अर्को चरण’ का प्रतिरोधका गतिविधिहरूका लागि समन्वय गर्ने संयन्त्र’ बारे छलफल गरेका थिए । 

प्यालेस्टिनी समूह र हुथी विद्रोहीसमूहले दक्षिणी गाजाको रफाहमा इजरायली स्थलआक्रमण हुनसक्नेबारे पनि कुराकानी गरेको नाम उल्लेख नगर्ने शर्तमा स्रोतले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा हमासको अन्तिम किल्ला रफाह र आसपासका क्षेत्रमा करिब १५ लाख मानिसको भीड लागेको छ जसमध्ये अधिकांश विस्थापित भएका छन् र इजिप्टको सीमानजिक कमजोर जीवनयापनको अवस्थामा छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शुक्रबार रफाहमा सैन्य कारबाही गर्ने सेनाको योजनालाई स्वीकृति दिएको जनाएको छ ।

हमास र इस्लामिक जिहादस्रोतका अनुसार हुथी विद्रोहीले ‘प्यालेस्टिनी प्रतिरोधलाई समर्थन गर्न’ रेड सीबाट आवतजावत गर्ने पानीजहाजमा आक्रमण जारी राख्ने बताएका छन् ।

यमनी विद्रोही हुथी समूहका नेता अब्दुल मलिक अल–हुथीले बिहीबार दक्षिण अफ्रिकाको ‘केप अफ गुड होप’ पार गर्दै रेड सीबाट टाढा रहेका पानीजहाजलाई लक्षित गरी आक्रमण विस्तार गरिने बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : २० बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर