आगलागीबाट कायरोमा प्रतिष्ठित अरब फिल्म स्टुडियो ध्वस्त « Khabarhub

आगलागीबाट कायरोमा प्रतिष्ठित अरब फिल्म स्टुडियो ध्वस्त


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कायरोमा भीषण आगलागीले ८० वर्षअघि स्थापना भएको अरब संसारको सबैभन्दा प्रतिष्ठित तथा पुरानो फिल्म प्रोडक्सन हाउस ध्वस्त भएको छ । 

आगोले कायरोको गिजा जिल्लामा अल–अहराम स्टुडियोलाई आफ्नो चपेटामा पार्दा भित्रका सबै  समान जलेको थियो । नजिकैका तीन भवनमा आगो फैलिनुअघि भवनहरू खाली गराइएको थियो । छिमेकी घरका बासिन्दाहरू शनिबार बिहान सडकका भुइँमा सुतिरहेको एएफपीका पत्रकारले बताएका छन् । 

इजिप्टमा घातक आगलागी सामान्य खतरा हो । यहाँ अग्नि संहिता विरलै लागु हुन्छन् र आपत्कालीन सेवाहरू प्राय सुस्त गतिमा पुग्छन् । सुरक्षा स्रोतहरूले आगलागीबाट कसैको पनि मृत्यु नभएको तर धुवाँबाट पीडित केही मानिसलाई घटनास्थलमै उपचार गरिएको बताएका छन् । 

स्थानीय मिडियाका अनुसार रमजान टेलिभिजन शृङ्खलाका लागि छायांकन सकिएको २४ घन्टापछि आगो लागेको हो । गत सोमबारदेखि सुरु भएको मुसलमानहरूको पवित्र उपवास महिना रमजानमा इजिप्ट र बाँकी अरब संसारमा दर्शकहरूको सङ्ख्या उच्च हुन्छ । 

सुरक्षा स्रोतहरूका अनुसार आगलागीको कारण अझै थाहा भएको छैन । आगो निभाउन अग्निशमनकर्ताहरूलाई छ घन्टाभन्दा बढी समय लागेको थियो । आगलागी देखेका छिमेकी युसुफ मोहम्मदले दमकलहरू आइपुग्नुअघि नै वरपरका घरहरूमा आगो फैलिसकेको बताए। 

अल–अहराम स्टुडियोको स्थापना सन् १९४४ मा भएको थियो र यसलाई २७ हजार वर्गमिटरमा बनाइएको थियो । यसमा तीन उत्पादन चरण, एक स्क्रिनिङ कक्ष र एक सम्पादन सुइट समावेश थिए । स्टुडियोमा इजिप्टका अनगिन्ती फिल्म र टेलिभिजन शृङ्खला बनाइएको छ । 

सन् १९५० को दशकमा इजिप्ट विश्वको तेस्रो सबैभन्दा ठूलो फिल्म निर्माता थियो । अहिले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक संकटमा परेको इजिप्टले अरब संसारको सिनेमा उत्पादनको तीन चौथाई हिस्सा ओगटेको छ । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ६ : ४० बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति