अप्रिल १९ देखि भारतमा राष्ट्रिय निर्वाचन, सात चरणमा मतदान हुने | Khabarhub Khabarhub

अप्रिल १९ देखि भारतमा राष्ट्रिय निर्वाचन, सात चरणमा मतदान हुने


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ ।

“हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ”, चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भने, “हामी विश्वभर प्रजातन्त्रको ज्योति बनेर राष्ट्रिय निर्वाचन गराउने बाचा गर्दछौँ ।”

राष्ट्रिय निर्वाचनमा अप्रिल १९ देखि जुन २१ सम्म सात चरणमा मतदान हुनेछ । देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिनेछ र सामान्यतया सोही दिन नतिजा घोषणा गरिनेछ ।

छ हप्ताभन्दा बढी समय सञ्चालन हुने निर्वाचनमा कूल ९७ करोड मतदाता मतदान गर्न योग्य छन् । उक्त सङ्ख्या संयुक्त राज्य अमेरिका, यूरोपेली सङ्घ (इयु) र रुसको संयुक्त जनसङ्ख्याभन्दा बढी हो ।

निर्वाचन आयोगका अनुसार चुनावमा एक करोड ५० लाख मतदान कर्मचारीसहित १० लाखभन्दा बढी मतदान केन्द्र सञ्चालनमा रहनेछ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ८ : ३७ बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन