अप्रिल १९ देखि भारतमा राष्ट्रिय निर्वाचन, सात चरणमा मतदान हुने « Khabarhub

अप्रिल १९ देखि भारतमा राष्ट्रिय निर्वाचन, सात चरणमा मतदान हुने


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ ।

“हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ”, चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भने, “हामी विश्वभर प्रजातन्त्रको ज्योति बनेर राष्ट्रिय निर्वाचन गराउने बाचा गर्दछौँ ।”

राष्ट्रिय निर्वाचनमा अप्रिल १९ देखि जुन २१ सम्म सात चरणमा मतदान हुनेछ । देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिनेछ र सामान्यतया सोही दिन नतिजा घोषणा गरिनेछ ।

छ हप्ताभन्दा बढी समय सञ्चालन हुने निर्वाचनमा कूल ९७ करोड मतदाता मतदान गर्न योग्य छन् । उक्त सङ्ख्या संयुक्त राज्य अमेरिका, यूरोपेली सङ्घ (इयु) र रुसको संयुक्त जनसङ्ख्याभन्दा बढी हो ।

निर्वाचन आयोगका अनुसार चुनावमा एक करोड ५० लाख मतदान कर्मचारीसहित १० लाखभन्दा बढी मतदान केन्द्र सञ्चालनमा रहनेछ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ८ : ३७ बजे

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष