तनहुँ डढेलोको जोखिममा, सचेतनाका कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

तनहुँ डढेलोको जोखिममा, सचेतनाका कार्यक्रम सञ्चालन


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ डढेलोको जोखिममा रहेपछि डिभिजन वन कार्यालयले सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ । गर्मी मौसम सुरु भएसँगै जिल्लाका सामुदायिक वनमा डढेलोको समस्या देखिन थालेको छ ।

हिउँदेयाम सुरु भएपछि जिल्लाका वनमा डढेलो लाग्ने समस्या भएकाले कार्यालयले सचेतनामूलक कार्यलाई जोड दिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । उनका अनुसार यस कार्यमा सामुदायिक वन उपभोक्ता समितिसँग पनि सहकार्य गरिएको छ । पण्डितले भने, “आगलागीको मौसम सुरु भइसकेको छ, यो बेला वनमा आगलागीको जोखिम हुन्छ, यसका लागि सचेतना अपनाउनुपर्छ ।”

डढेलोबाट भुइँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुख धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको बासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने तथा वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिममा रहने पण्डितको भनाइ छ ।

वन डढेलो सबैको साझा चुनौती भएकाले सबैको सहकार्यबाट मात्र यसको नियन्त्रण सम्भव रहेको पण्डितले बताए । पण्डितका अनुसार वन डढेलो हुन नदिन वनमा अग्निरेखा बनाइ रुखका पात भर्ने समयमा सफा गर्ने, वनजङ्गल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चिज लिएर वनमा नजाने, सुकेका र ढलेका रुख तथा हाङ्गा सुक्खा मौसमअगावै हटाउने गर्नुपर्दछ ।

गर्मी मौसममा बिडी, चुरोट खाएर ननिभाएर वनमा फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलोको प्रकोप बढ्न सक्छ । पण्डितले भने, “गोठाला तथा केटाकेटीले मनोरञ्जनका लागि वनमा आगो बाल्नाले, वन नजिकका खेतबारीमा झारपात डढाउँदा आगो बाल्ने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्छन्, यसतर्फ सचेत हुनुपर्छ ।”

वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुलउपर गरी तीन वर्ष कैद वा रु ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ ।

वन डढेलो लागेको देखेमा निभाउने कार्य गरी जिम्मेवारी नागरिकको भूमिका खेल्न वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोले कम्तीमा १० प्रतिशत तापक्रम बढाउने बताइएको छ । डिभिजन वन कार्यालयले जिल्लाका आठवटै सबडिभिजनलाई वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न भनिसकेको छ ।

सप्ताहव्यापीरूपमा वन कार्यालयको कार्यक्षेत्रमा रहेका सामुदायिक वन समूहसँग समन्वय गरी चेतनामूलक कार्यक्रम र सडक किनारमा रहेका सामुदायिक वनका पातपतिङ्गर सरसफाइ गरी आगो नियन्त्रणलगायतका अन्य वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । डढेलोको जोखिम कम गर्न कार्यालयले सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाउँदै आइरहेको छ । जिल्लाको ८२ हजार पाँच सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, छ धार्मिक वन छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ८ : ५१ बजे

म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

बन्दीपुर– यहाँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण

ट्रम्प इरानमाथी हमला गर्ने कि नगर्ने दोधारमा : न्यूयोर्क टाइम्स

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको

 ट्राफिक प्रहरी आफैँले साबेल समातेपछि (तस्बिरहरू)

काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार

दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास

घोराही– यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

म्याग्दी – यहाँको बेनी नगरपालिका-१ अर्जममा १५७ वर्ष पुरानो नहर