आज २०८३ साल असार ५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल असार ५ गते शुक्रबारको राशिफल


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार ५ गते शुक्रबार। सन् २०२६ जुन १९ तारिख। जेठ शुक्ल पक्षको  पञ्चमी  तिथि । द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : खर्च बढ्ने दिन छ, धन जोगिनुहोला । बोलीको प्रभावले राम्रो काम बन्ने छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिहिनेतको फल मिल्नेछ ।

वृष : मानसम्मान प्राप्त हुने दिन छ । परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन प्राप्त हुने दिन छ। खानपानमा ख्याल नगर्दा   स्वास्थ्य भने सम:या हुने जोखिम छ।

मिथुन : दिन राम्रो छ। नयाँ साथीसँगको भेटले दिन रमाइलो बन्ने छ। मन उत्साहित बन्ने छ। व्यापारमा लगानी भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। उद्योगबाट नाफा होला।

कर्कट : शिक्षाको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रवेश गर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा भने विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता थपिने छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शनिको प्रभावबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। परिवारबाट राम्रो कामको जिम्मेवारी प्राप्त हुनेछ। पैतृक सम्पत्तिबाट ठुलो फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्ने समय छ।

तुला : मानसम्मान बढ्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। साथीको साथ मिल्नेछ। राजनीतिमा प्रगति हुनेछ।   स्वास्थ्य भने विशेष ख्याल गर्नुपर्ने दिन छ।

वृश्चिक : शुभ दिन छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा तपाईंबाट फाइदा उठाउने व्यक्तिसँग सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा रमाइलो बन्ने छ।

धनु : मन अशान्त बन्ने जोखिम छ। :वा:थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ। शिक्षाको लगानीबाट नाफा हुनेछ। आज यात्रामा जोखिम छ ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। पुरानो रोगको व्यव:थापन गर्न नसक्ने जोखिम हुन्छ। राजनीतिक क्षेत्रमा भने नाम र दाम दुवै आर्जन हुने योग छ।

कुम्भ : आफ्नै बोलीले व्यवहार अप्ठेरोमा पर्ने दिन छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित देखिन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

मीन : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्ने छ। बोलीमा नम्रता आवश्यक देखिन्छ। साथीभाइले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ११ बजे

काठमाडौं महानगरमा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगन्ज– यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल