सनराइजर्सको २८८ रनको कीर्तिमानी चुनौती : आरसिबीको आक्रामक ब्याटिङले टरेन हार « Khabarhub

सनराइजर्सको २८८ रनको कीर्तिमानी चुनौती : आरसिबीको आक्रामक ब्याटिङले टरेन हार


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी)विरुद्ध कीर्तिमानी चुनौती दिएको थियो ।

टस जितेर सुरुमा हैदरावादलाई ब्याटिङको निम्तो दिएको आरसिबीले २८८ रनको चुनौती पाएको हो । विशाल लक्ष्य पछ्याउनेक्रममा आरसिबीले ७ विकेटको क्षतिमा २६२ रन मात्र बनाउन सक्यो । चुनौतीपूर्ण लक्ष्य पछ्याउन आक्रामक ब्याटिङ भएको रोचक खेलमा आरसिबी २५ रनले पराजित भएको हो ।

चुनौतीपूर्ण लक्ष्या पछ्याएको आरसिबीका लागि दिनेश कार्तिकले सर्वाधिक ८३ रन बनाए। ३५ बल खेल्दै उनले ५ चौका र ७ छक्का प्रहार गरेका हुन् । कप्तान फाफ डुप्लेसिस ६२ रन बनाउँदा विराट कोहली ४२ मा आउट भए । महिपाल लोमर १९ रनमा आउट हुँदा अनुज रावत २५ र विजयकुमार विशाक १ रनमा नटआउट रहे ।

आक्रामक ब्याटिङ गरेको आरसिबीलाई रोक्न हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक ३ विकेट हात पारे। उसका लागि मयंक मार्कण्डेले २ तथा टी नटराजनले १ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २८७ रनको विशाल योगफल तयार पारेको थियो ।

हैदरावादका टेभिस हेडले ४१ बलमै सर्वाधिक १०२ रन बनाए। उनले ९ चौका र ८ छक्क हान्दै गर्दै रोचक शतक प्रहार गरेका हुन् ।

हैदरावादका लागि हेनरिक क्लासेन ६७ र अभिषेक शर्माले ३४ रन जोड्दा पहिलो विकेटका लागि अभिषेक र हेडले १०८ रनको साझेदारी गरेका थिए।

एडेन मार्कराम ३२ र अब्दुल समद ३७ रनमा नटआउट रहे। आरसिबीका लकी फर्ग्युसनले २ विकेट लिँदा रिस टोपले १ विकेट हात पारे ।

जितसँगै चौथो स्थानमा रहेको हैदरावादको ६ खेलबाट ८ अंक बनाएको छ। दुई अंकसहित आरसिबी भने तालिकाको पुछारमा छ । सात खेल खेलको आरसिबीले एउटा मात्र जित निकालेको छ ।

आईपिएल अन्तर्गत मंगलबार राजस्थान रोयल र कोलकाता किंग्स राइडर्सको खेल हुँदैछ । यो खेला साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : १५ बजे

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै